+
+
Shares

ड्रेस रोज्न सिपालु प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १४:०८

केही महिना अगाडिसम्म नायिका प्रियंका कार्कीको चर्चा हरेक दिन हुन्थ्यो । प्रियंका नेपाली चलचित्रकी नयाँ गसिप क्विन थिइन् । उनका हरेक क्रियाकलाप गसिप हुन्थेँ । चलचित्र नचलेपनि उनको हातमा अभाव थिएन । ठूला ब्यानरका मेकरले उनलाई पत्याएका थिए । प्रियंकाको व्यस्तता अरु नायिकाका लागि डाहा गर्ने खालको थियो ।

तर, केही समयमै उनको करिअर बदलिएको छ । नायिका कार्कीको हातमा सिनेमा पहिले जस्तो छैन । उनी अभिनित ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र चैत्र २१ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रमा उनको भूमिका के हो भन्ने खुलेको छैन ।

प्रियंकाले चलचित्रमा आफ्नो भूमिका नहेर्दा यस्तो अवस्था आएको हो । नायिका कार्कीको चलचित्र करिअर निकै ओरालो लागेपनि उनको चर्चा पहिरनका कारणले भने हुन छाडेको छैन ।

पहिरनको मामालामा उनी सधै नै एक कदम अगाडि छिन् । केही दिन अगाडि एक कार्यक्रममा पुगेकी प्रियंकाको पहिरनले चर्चा पायो । जाडो मौसमलाई नै चुनौती दिने कार्कीको पहिरन आकर्षक थियो ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?