Comments Add Comment

काठमाडौं म्याराथनको उपाधिमा कान्छिमायाको हृयाट्रिक

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)की कान्छिमाया कोजुले काठमाडौं म्याराथनको उपाधिमा हृयाटि्रक गरेकी छन् ।

शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा उनले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै उजले लगातार तेस्रो र समग्रमा पाँचौ पटक उपाधि जितेकी हुन् ।

आर्मीकी सरिता वासी दोस्रो र निर्जला ताम्राकार तेस्रो भइन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले उपाधि जितेका छन् । पहिलो म्याराथन दौडिएका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरेका थिए ।

म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको अवस्थामा पनि उपाधि जित्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरे ।

आर्मीकै बेदबहादुर सुनार दोस्रो र ज्ञानप्रसाद भट्टराई तेस्रो भए ।

दुबै विजेताले म्याराथनको रुटप्रति गुनासो गरे ।

रुट राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत थाहा नभएको कान्छिमाया र नरेन्द्रको गुनासो थियो ।

त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चाकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपती, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भऽकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो ।

म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment