Comments Add Comment

बुटवल सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा

५ पुस, बुटवल । बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ ।

बुटवल उपमहानगर, प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।

शनिबार आयोजित कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने बुटवलका मेयर शिवराज सुवेदीले सहभागी सबैलाई सामूहिक प्रतिवद्धता गराए । मेयर सुवेदीले अब बुटवलमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने र सडकमा रात बिताउनुपर्ने अवस्था नरहने बताए ।

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको भएको बताए । सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई नै मागेर खान नपाइने क्षे बनाइने दाबी गरे ।

सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्नुअघि बुटवलमा रात्रिकालीन उद्धार कार्यलाई तीव्रता दिइएको थियो । उद्दार गरिएका करिब २ सयलाई मानव सेवा आश्रममा राख्ने गरिएको छ ।

यस्तै सामाजिक विकास मन्त्रालय र बुटवल उपमहानगरले २ वटा घरको भाडामा तिरिदिने गरेको छ । बुटवलको हिलपार्क गेट नजिक आश्रमको आफ्नै भवन बनाउने तयारी पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment