Comments Add Comment

नेकपा-राजपा सहमतिले प्रदेश सरकारमा फरक पर्दैन : मुख्यमन्त्री राउत

मन्त्री सोनल भन्छन्-यो बिषयमा कुनै टिप्पणी गर्दिनँ

५ पुस, जनकपुरधाम । राष्ट्रिसभा निर्वाचनमा चुनावी तालमेललाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी -राजपा) नेपाल दुईबुँदे सहमति भएसँगै प्रदेश २ को राजधानी जनकपुरमा प्रदेश सरकारबारे अनेक अड्कलबाजी भइरहेको छ । प्रदेश २ मा सत्ताको नेतृत्व गर्ने समाजवादीलाई हटाएर नेकपा र राजपाको सरकार बन्ने चर्चा चलिरहँदा मुख्यमन्त्री लालबाबु राउतले भने त्यसको खण्डन गरेका छन् ।

समाजवादी पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका राउतले सरकार हेरफेर हल्ला मात्र धभएको बताएका छन् । यद्यपि सत्ताका साझेदार पार्टी राजपा संसदीय दलका नेता जितेन्द्र सोनल यो बिषयमा बोल्न तयार छैनन् । भन्छन्, ‘यो बिषयमा तत्काल कुनै टिप्पणी गर्दिनँ ।’

के भन्छन् मुख्यमन्त्री राउत ?

सरकारबारे अनेक चर्चा भइरहेका बेला मुख्यमन्त्री राउतले शनिबार स्थानीय पत्रकारहरुसँग भेटघाट गरे । ‘राजपाले नेकपासँग सहमति गर्दैमा प्रदेश सरकारमा कुनै फरक पर्दैन’ उनले भने, ‘हाम्रो पार्टी पनि केन्द्र सरकारमा छ । पार्टीको आ-आफ्नो विचार, सिद्वान्त, रणनीति र कार्यनीति हुन्छ र आफ्नो तरिकाले सहमति गर्न सक्छ ।’

संघीय सरकारबारे दुबै पार्टीको अलगअलग धारणा भएपनि प्रदेश सरकारबारे एक रहेको मुख्यमन्त्री राउतले बताए । ‘प्रदेश सरकार सम्बन्धमा हामी एकै ठाउँमा छौं’ उनले भने, ‘संघको सन्दर्भमा पार्टीले आफ्नो तरिकाले सहमति गरेपनि प्रदेशमा सरकार परिवर्तन हुँदैन ।’

मन्त्री सोनल भन्छन्-यो बिषयमा कुनै टिप्पणी गर्दिनँ

मुख्यमन्त्री राउतले प्रदेश सरकार परिवर्तन नहुने बताइरहँँदा सत्ता साझेदार राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले भने यसबारे केही नबाल्ने बताए ।

राजपा-नेकपाबीचको दुईबुँदे सहमतिपछि प्रदेश सरकारमा परिवर्तन हुनसक्ने सम्भावनाबारे अनलाइनखबरले राखेको जिज्ञासामा सोनलले भने, ‘यो बिषयमा मलाई कुनै जानकारी छैन ।’

‘जसरी तपाईंले यो बिषयमा पढ्नुभयो’ मैले पनि पढेको छु । अरु कुनै जानकारीर् छैन’ उनले भने । पार्टी नेतृत्वतर्फ संकेत गर्दै उनले माथिबाट के हुन्छ तत्काल आफूलाई थाहा हुन नसकेको भन्दै भनेका छन्, ‘त्यसैले यो बिषयमा कुनै टिप्पणी गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment