+
+
Shares

नेकपाको केन्द्रमा मात्र उपाध्यक्ष, सचिवालय विस्तार नहुने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते १९:४२

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा मात्र उपाध्यक्ष रहने भएको छ । साथै सचिवालय पनि विस्तार नहुने भएको छ ।

बिहीबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केन्द्रमा उपाध्यक्ष पद सिर्जना गर्ने र बामदेव गौतमलाई जिम्मेवारी दिने प्रस्ताव पेश भएको थियो ।

तर, नेताहरुले केन्द्रमा उपाध्यक्ष राख्ने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग गरेका थिए । ९ सदस्यीय सचिवालय विस्तारको माग पनि उठेको थियो ।

नेताहरुले उठाएका प्रश्नको शनिबार जवाफ दिएका प्रचण्डले दुबै माग अस्वीकार गरेका छन् ।

‘अध्यक्षले उपायक्ष केन्द्रमा मात्र राखौं, अन्त अहिले हुन्न भन्नु भएको छ’ एक स्थायी कमिटी सदस्यले अनलाइनखबरसँग भने, ‘सचिवालय विस्तार पनि अहिले गर्न सकिन्न भन्नुभयो ।’

यद्यपि छिट्टै केन्द्रीय कमिटी बैठक बोलाइने भन्दै उनले त्यहाँ यसबारे छलफल गर्ने आश्वासन दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?