Comments Add Comment

भुपेन्द्रले रजत जिते, मिनु फाइनलमा

काठमाडौं । नेपालका भुपेन्द्र थापाले चीनको जिङयाङमा भएको एसियाली ग्रान्डस्ल्याम बक्सिङ प्रतियोगितामा रजत पदक जितेका छन् ।

पुरुष ६४ केजीमा प्रतिस्पर्धा गरेका उनी फाइनलमा चाईनीज ताइपेइका मुक्केबाज वाङ जिया जियोनसँग स्प्लीट डिसिजनका आधारमा ३-२ ले पराजित भएका हुन् । रजत जितेका भुपेन्द्रले ५ सय डलर पाएका छन् ।

यस्तै नेपालकी मिनु गुरुङ फाईनलमा प्रवेश गरेकी छन् । महिला ५४ केजीमा मिनु गुरुङले चाईनीज ताइपेइकी मुक्केबाज ताओ यिङ यूलाई अंकका आधारमा हराउदै उपाधि नजिक पुगेकी हुन् ।

उपाधि भिडन्तमा मिनुले फिलिपिन्सीकी मुक्केावाज नाइस जाआ डेटक्लोसँग प्रतिस्पर्धा गर्ने बक्सिङ संघका सदस्य श्याम अवालेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment