Comments Add Comment

अष्ट्रेलियामा फायर फाइटरलाई नेपालीले बाँडे खाना

अष्ट्रेलियको सिड्नी र न्यू साउथ वेल्स राज्यमा डढेलोविरुद्द लडिरहेका फायर फाइटर र स्वंयम सेवकहरुलाई नेपालीहरुले खाना वितरण गरेका छन् ।

सिड्नीका दक्षिणी पहाडहरुमा लागेको डढेलो निभाउन खटिरहेका फायर फाइटर र स्व‌ंयम सेवकहरुलाई शुक्रबार रातिको लागि खाना वितरण गरेको साउथ वेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष डा देबेन्द्र सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

स्थानीय राजनीतिक नेताहरु लोविस अमाटो, नथारिअल स्मिथ र विशेष कार्यदलसँगको समन्वयमा १८० फेयर फाइटर तथा स्वंयम सेवकहरुलाई खाना वितरण गरिएको उनले बताए ।

अष्ट्रेलियमा रहेका नेपालीहरु मिनराज भुसाल, बिष्णु केसी, भुपाल सिटौला,सूर्य खनाल, देव कुमारी तामाङ र यमकला रानाको सहयोगमा फायर फाइटर बस्ने क्याम्पसम्म पुगेर खाना वितरणा गरिएको उनले बताए ।

गत शुक्रबारदेखि गर्मी पनि बढेको र डढेलो समेत नियन्त्रणमा आइनसकेकोले न्यू साउथ वेल्स राज्यमा पुन: संकटकाल लगाइएको छ । डढेलोमा निभाउने क्रममा दुइ जना फायर फाइटरसहित आधा दर्जन मानिसको ज्यान गइसकेको छ भने ८ सय घर जलेर नष्ट भएको राज्य सरकारले जनाएको छ ।

नजिकका जंगलको लागेको डढेलोका कारण मुख्य सहर सिड्नीको आकाश केही हप्ता यता धुवाँले ढाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment