Comments Add Comment

‘वीरदेखि दबंग ३’सम्मः यस्तो रह्यो सलमानको १० बर्ष

सन् २०१० देखि २०१९ सम्म आइपुग्दा बलिउडमा कथा भन्ने शैली, स्टारडम र कलाकारको क्रेजमा धेरै फेरबदल आइसकेको छ । बलिउडमा नयाँ पुस्ताका कलाकार चम्किएका छन् भने केही कलाकारको क्रेज यही १० बर्षमा सकिएको छ । बलिउडमा लामो समयदेखि दबदबा कायम रहेका खानहरुको चलचित्र यो १० बर्षमा कस्तो चले ? यो बिषयमा भने धेरैको कौतुहलता हुनसक्छ ।

यो दशक नायक सलमान खानका लागि सबैभन्दा बढी फापेको छ । सलमानले यो दशकमा नै आफ्नो क्रेजलाई बलियो बनाएका छन् । अझ, भनौ यो दश बर्ष बलिउड सलमान खानमय बनेको छ ।

सलमानको सन् २०१० मा दुई वटा चलचित्र रिलिज भए, ‘वीर र दबंग’ । ‘वीर’ले ७ करोडको ओपनिङ गरेको थियो भने ‘दबंग’ले १४.५० करोडको ओपनिङ गरेको थियो । जसमा, ‘दबंग ३’ बक्स अफिसमा सफल रह्यो ।

सन् २०११ सलमानका लागि फाइदाजनक रह्यो । यो बर्ष सलमानको ‘रेडी र बडिगार्ड’ चलचित्र रिलिज भए । जसमा ‘रेडी’ले १३.१५ करोडको ओपनिङ गर्दा ‘बडीगार्ड’ले २१.६० करोडको ओपनिङ गर्यो । दुबै चलचित्र हिट भए । सन् २०१२ मा नायक सलमान खानका ‘ए था टाइगर र दबंग २’ रिलिज भए । ‘ए कथा टाइगर’ले ३२.९३ करोडको ओपनिङ गर्दा ‘दबंग २’ले २१.१० करोडको ओपनिङ व्यापार गर्यो । दुबै चलचित्र बक्स अफिसमा हिट सावित भए ।

सन् २०१३ मा सलमानको ‘जय हो’ मात्र रिलिज भयो । यसले १७.७५ करोडको ओपनिङ व्यापार गर्यो । तर, यो चलचित्र बक्स अफिसमा औषत मात्र चल्यो ।

सन् २०१४ मा सलमानको ‘किक’ नामक चलचित्र रिलिज भयो । ओपनिङमा २६.४० करोडको व्यापार गरेको यो चलचित्रले २ सय करोडको आँकडा पार गर्यो । सन् २०१५ मा सलमान अभिनित ‘बजरंगी भाइजान र प्रेम रतन धन पायो’ रिलिज भयो । यी दुई चलचित्रले क्रमशः २७.२५ करोड र ४०.३५ करोडको व्यापार गरेका थिए । ‘बजरंगी भाइजान’ ३ सय करोड कमाउने सलमानको पहिलो चलचित्र बन्यो भने ‘प्रेम रतन धन पायो’ले २ सय करोडको आँकडा छोयो ।

सन् २०१६ मा सलमानको ‘सुल्तान’ चलचित्र रिलिज भयो जसले ओपनिङ व्यापार ३६.५४ करोडको गर्यो । बक्स अफिसमा ३ सय करोड कमाउने यो सलमानको दोश्रो चलचित्र बन्यो । सन् २०१७ मा सलमानका ‘ट्यूबलाइट र टाइगर जिन्दा हे’ रिलिज भयो ।

यी दुई चलचित्रले क्रमशः २१.१५ करोड र ३४.१० करोड कमाई गरे । बक्स अफिसमा ‘ट्यूबलाइट’ असफल हुँदा ‘टाइगर जिन्दा हे’ ३ सय करोडको आँकडा पार गर्ने सलमानको तेश्रो चलचित्र बन्यो ।

यसपछि भने, सलमानको करिअर केही सुस्त देखिएको छ । सन् २०१८ मा रिलिज भएको ‘रेश ३’ले २९.१७ करोडको ओपनिङ गरेपनि व्यापारिक रुपमा सफलता पाउन सकेन । सन् २०१९ मा रिलिज भएको ‘भारत’ले ४२.३० करोडको ओपनिङ कमाई गरेपनि यो बक्स अफिसमा हिट भएन । भलै, यसले २ सय करोडको आँकडा भने पार गरेको थियो । अहिले सलमान अभिनित चलचित्र ‘दबंग ३’ रिलिज भैरहेको छ । यसले आफ्नो पहिलो दिनमा २४.५० करोडको व्यापार गरेको आँकडा निर्माताको छ । तर, बक्स अफिसमा यो चलचित्र खरो उत्रिन नसक्ने विश्लेषण भैरहेको छ । किनकी, समिक्षक र दर्शकको यसलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।

सलमानको एक दशकमा १६ वटा चलचित्र रिलिज भएका छन् । जसमा, १४ वटा चलचित्रले सय करोडको आँकडा पार गरेका छन् । ‘दबंग ३’ले पनि सय करोडको आँकडा पार गर्ने निश्चित छ । सलमानको यो दशक करिअरकै सवैभन्दा उत्कृष्ट रहेको पक्का हो । आशा गरौ, सन् २०२० बाट पनि सलमानको करिअर बम्पर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment