Comments Add Comment

तमु ल्होसारमा बिदा माग्दै पोखरामा पनि प्रदर्शन

६ पुस, पोखरा । गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसार (पुस १५) मा सरकारले राष्ट्रिय बिदा कटौती गरेको भन्दै पोखरामा आइतबार प्रदर्शन भएको छ । तमु ह्युल छोंज धिंको अगुवाइमा पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो ।

गुरुङ समुदायसहित सम्पूर्ण जनजातिको पर्वलाई राष्ट्रिय पर्वबाट हटाइ राज्यले भेदभावपूर्ण व्यवहार गरेको उपस्थितको आरोप थियो । राज्यले धर्म निरपेक्षता घोषणा गरे पनि भेदभाव गरिरहेको उनीहरुको भनाइ थियो ।

‘ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व हो । अहिले आएर राज्यले यसलाई एउटा जातको पर्वमामात्रै सीमित गर्न खोजेको छ,’ धिंका केन्द्रीय उपाध्यक्ष मनोज गुरुङले आक्रोश पोखे, ‘सम्पूर्ण जनजातिलाई अपहेलना गर्दै जम्मा ५ दिनमात्रै बिदामा सीमित गरेको छ ।’ उनले राज्यले निर्णय नसच्याउँदासम्म आन्दोलन कडा रुपमा जारी राख्ने चेतनावनी दिए ।

यो पनि पढ्नुहोस ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै गुरुङ समुदायद्वारा प्रदर्शन

ठूलो संख्यामा जम्मा भएका गुरुङ समुदायका प्रदर्शनकारीले ‘तमु ल्होसारलाई सार्वजनिक बिदा कायम गर्, के सरकार एउटामात्रै समदायको हो र ?, नेपालका सबै जातजातिका संस्कृतिलाई समान व्यवहार गर्,’ लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । ल्होसार पुस १५ गते मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment