+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै गुरुङ समुदायद्वारा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १६:१६

६ पुस, बुटवल । तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदा दिन माग गर्दै गुरुङ समुदायले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको नेतृत्वमा सामाजिक विकास मन्त्रालय अगाडि मिलनचोकमा प्लेकार्डसहित प्रदर्शन भएको हो ।

एक हजार बढीको संख्यामा जातीय भेषभुषामा उपस्थित गुरुङ समुदायले भुड्कीचोकदेखि मिलनचोकसम्म मुख्य राजमार्गको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । उनीहरुले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने, धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि सामाजिक विकास मन्त्रालय अगाडि आयोजित कोणसभामा गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सहकोषाध्यक्ष टौबहादुर गुरुङ,प्रदेश उपाध्यक्ष धनबहादुर गुरुङ,रुपन्देही सचिव ओमप्रकाश गुरुङ लगायतले सरकारले आदिवासी जनजातिका तमु ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा नदिएमा आदिवासी जनजाति महासंघको नेतृत्वमा सशक्त आन्दोलनमा उत्रिने बताए ।

ल्होसारमा सार्वजनिक बिदा माग गर्दै सोमबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ का सचिव एलबी गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?