+
+

गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा विप्लव समूहले लियो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १८:४८

६ पुस, काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको छ ।

विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल रािखएको छ ।’

साथै, शाहीद्वारा भएको भ्रष्टचारको असूली गराउन भन्दै विना सर्त देशव्यापी रूपमा समूहका नेता, कार्यकर्तालाई रिहाइ गर्न माग गरिएको छ ।

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो । तर, इलालाई भने करिब दुई घन्टा हिँडाएर छाडिएको थियो ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?