+
+
Shares

पाटन दरबार स्क्वायरमा कलात्मक चन्द्रमा

आर्यन धिमाल आर्यन धिमाल
२०७६ पुष ६ गते २०:५६

६ पुस, काठमाडौं । आइतबार साँझ ललितपुरको पाटन दरबार स्क्वायरमा एउटा ‘चन्द्रमा’ देखियो । दरबार स्क्वायरको चार नारायणको मन्दिर अगाडि राखिएको कलात्मक चन्द्रमा हेर्ने र फोटो खिच्नेहरुको ताँती लाग्यो ।

यो चन्द्रमा धरानका मिलन राईले बनाएर प्रदर्शामा राखेका हुन् । उनले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताए । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उनले भने ।

उनले यसलाई पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?