Comments Add Comment

कपाललाई बलियो र चम्किलो बनाउने काइदा

ओलिभ ओयल अर्थात् जैतुनको तेल छाला साथै हाम्रो कपालको लागि पनि अति नै उत्तम छ । यो तेलले कपालको जरादेखि नै हेरचाह गरेर कपाललाई पूर्ण पोषण पुर्‍याउँछ । यसबाहेक यसमा भिटामिन-इ पाइन्छ, जसले कपाललाई चम्किलो बनाउन सहयोग पुर्‍याउँछ ।

फूलहरुको रस र ओलिभ ओयल

ओलिभ ओयल र फूलहरुको केही पत्रहरु मिलाएर एउटा भाँडामा रातभरी राख्ने र त्यसले दिनहुँ आफ्नो कपाल मालिस गर्दा लाभदायक हुन्छ । फूलहरुमा गुलाब र ज्यास्मिनको झरेको पत्रलाई प्रयोग गर्न सक्नुहुन्छ । तर, यो मिश्रणलाई २४ घण्टासम्म मिसाएर राख्नुपर्छ ।

मह र ओलिभ ओयल

एउटा कचौरामा सामान्य मात्रामा ओलिभ ओयल र मह मिसाउनुपर्छ । त्यसपछि त्यसलाई आफ्नो कपालको जरासम्म लगाउनुपर्छ । त्यसपछि कपाललाई एकै ठाउँमा समेटेर पूर्ण रुपले ढाक्नुपर्छ । कपाललाई ढाक्नका लागि कुनै कपडाको प्रयोग गर्न सकिन्छ । यो पेस्टलाई कपालमा लगाएपछि १० मिनेट पछि स्याम्पू लगाएर नुहाउनुपर्छ ।

कागतीको बिउ, मरिच र ओलिभ ओयल

यदि तपाईंलाई कपाल बढाउन इच्छा छ भने कागतीको बिउ, मरिचको दाना र ओलिभ ओयललाई मिसाएर पेस्ट बनाउने । यो मिश्रणलाई कपालमा २० मिनेटसम्म राखेर त्यसपछि स्याम्पु गर्नुपर्छ ।

ओलिभ ओयल र अण्डा

यदि तपाईंको कपाल रुखो छ भने अण्डा लगाएर त्यसलाई केही मात्रा भए पनि बाक्लो बनाउन सक्नुहुन्छ । एउटा कपमा दुई वटा अण्डा फुटाउने र त्यसमा ओलिभ ओयल मिसाउनुपर्छ र त्यो मिश्रणलाई राम्रोसँग दुई मिनेटसम्म मिलाउनुपर्छ । अब यो मिश्रणलाई कपालको जरासम्म लगाउनु पर्छ । १० मिनेटसम्म लगाउने र त्यसपछि स्याम्पु लगाएर नुहाउनुपर्छ । यसले कपाल चम्किलो हुनुको साथै बाक्लो पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment