
७ पुस, काठमाडौं । साताको पहिलो दिन सुधारिएको सेयर बजार दोस्रो दिन पनि निरन्तरता पाएको छ । अघिल्लो साता अधिकांश दिन ओरालो लागेको बजार आइतबार १.१७ अंकले बढेको थियो ।
सोमबार त झन १७ दशमलव ७७ अंकले बजार उकालो लागेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसमूहहरु उकालो लागेका छन् ।
नेस्पे परिसूचक बढेर १ हजार १ सय ६८ दशमलव ५८ अंकमा पुगेको छ । ारोबार रकम तथा कारोबार संख्या समेत सोमबार राम्रै देखिएको छ । दिनभर भएका ८ हजार ९३ कारोबारबाट विभिन्न कम्पनीका १७ लाख ५४ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट पहिलो नम्बरमा देखिएको छ । शिवमको सोमबार ५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार रकम ४ करोड ९९ लाख ६८ हजार रुपैयाँ नघाउदै नविल बैंक दोस्रो नम्बरमा देखिएको छ भने तेस्रो नम्बरमा४ करोड ७३ लाख रुपैयाँ नाघेर नेपाल बैंक लिमिटेड देखिएको छ ।
३ करोड ७४ लाख रुपैयाँ बढी कारोबार गरेर नेपाल क्रेडिट एण्ड कमर्श बैंक चौथो र ३ करोड ४८ लाख रुपैयाँ बढी कारोबार भएर नागरिक लगानी कोष कारोबार रकमका आधारमा पाँचौ नम्बरमा देखिएको छ ।
प्रतिक्रिया 4