Comments Add Comment

एसियन ग्लाण्डस्लाम बक्सिङमा रजत जितेका भुपेन्द्र र मिनुको स्वागत

७ पुस, काठमाडौं । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा रजत जितेका नेपाली मुक्केबाजद्वय भुपेन्द्र थापा र मिनु गुरुङ सोमवालर स्वदेश फर्किएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका दुवै खेलाडीले पहिलो पटक आयोजना भएको ग्राण्डसलाम बक्सिङमा रजत जितेका हुन् ।

रजत पदक विजेता दुवै खेलाडीलाई नेपाल बक्सिङ संघले सोमबार स्वागत गरेको छ ।

भुपेन्द्र थापा र मिनु गुरुङलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतका पदाधिकारी, खेलाडी, पदक विजेताका परिवारलगायतले सोमबार स्वागत गरे । रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३औं सागमा नेपाललाई २० वर्षपछि स्वर्ण जिताएका थिए ।

स्वागत कार्यक्रममा अध्यक्ष अवालेले यो अनुभवले एसियाली तथा ओलम्पिक खेलकुदमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे । राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौती दिन नेपाली खेलाडी सक्षम रहेको बताए ।

पदक विजेता दुवै खेलाडीले स्वर्ण नजिक पुगरे पनि असफल भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयासरत रहने बताए ।

भुपेन्द्रले पुरुष ६९ केजी तथा मिनु महिला ५७ केजीमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment