+
+
Shares

एनएमवि बैंकद्वारा बीमा रकम भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १०:०७

८ पुस, काठमाडौं । एनएमवि बैंकले गोरखा जिल्ला भिमसेन गाँउ-पालिका, वडा नं. ३ तान्द्राङ निवासी गंगादेवी सापकोटालाई निजको छोराको जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम रुसातलाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकका कार्यकारी अधिकृत सुनिल केसी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपस्थितिमा गोरखा स्थित बैंकका जेष्ठ सँस्थापक सदस्य धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरे ।

निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरुआर्वाङको वायाक टोलमा विजुलीको तार टाँग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?