Comments Add Comment

सबैभन्दा धेरै छावा जन्माउने पूजाकलीको मृत्यु

'लाखौं खर्च भयो, तर रोग पत्ता लागेन'

हात्ती सुन्दरी प्रतियोगितामा पूजाकली ।

८ पुस, चितवन । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार हुँदै आएको थियो । निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठले भने, ‘एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो, लाखौं खर्च भयो, तर रोग पत्ता लागेन ।’ पूजाकलीको शव परीक्षणको तयारी भइरहेको छ ।

झण्डै आधा दर्जन छावालाई जन्म दिएकी पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएकी थिइन् । सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रका अनुसार पूजाकली सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पर्छिन् ।

विक्रम संवत् २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । सौराहाको बाघमारामा २०७४ साल पुसमा आयोजना गरिएको हात्ती महोत्सवमा पूजाकलीले सुन्दरी हात्तीको उपाधीसमेत जितेकी थिइन् ।

चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment