+
+
Shares

आईसीसी वरियतामा नेपाल १८ औँ स्थानमै यथावत   

रासस रासस
२०७६ पुष ८ गते १४:४३
फाइल फोटो ।

८ पुस, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ ।

नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् ।

नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?