Comments Add Comment

‘दबंग ३’को कमाई ४ दिनमा ९० करोड, किन कमजोर बन्यो सलमानको फिल्म ?

बलिउड नायक सलमान खान अभिनित चलचित्रले ३ दिनमै सय करोडको आँकडा पार गर्छन् । उनको यो दशकमा रिलिज भएका धेरै चलचित्रको व्यापार यस्तै खालको छ । एक सातामै २ सय करोड कमाउने चलचित्र पनि सलमानकै छन् ।

तर, क्रिसमसको अवसर पारेर रिलिज भएको सलमान अभिनित चलचित्र ‘दबंग ३’ भने बक्स अफिसमा कमजोर देखिएको छ । यो चलचित्रले ४ दिनमा पनि सय करोडको आँकडा छुन सकेको छैन । चलचित्रलाई सय करोडको आँकडा छुन पाँच दिन लाग्ने पक्का भएको छ ।

चलचित्रले शुक्रबार नै अपेक्षित व्यापार गर्न सकेन । यो चलचित्रले शुक्रबार २४.५० करोड, शनिबार २४.७५ करोड, आइतबार ३१.९० करोडको व्यापार गरेको थियो । तिन दिनमा ८१ करोड कमाएको यो चलचित्रले सोमबार अपेक्षित व्यापार गर्न सकेन । सोमबार चलचित्रको व्यापार १०.७० करोड छ ।

चलचित्रले ४ दिनमा करिब ९२ करोडको कारोबार भारतीय बक्स अफिसमा गरेको छ । प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । चलचित्रको व्यापार कमजोर हुनुमा यसको वर्ड अफ माउथ, भारतमा चलिरहेको आन्दोलनलाई मानिएको छ ।

आउँदो शुक्रबारबाट प्रतिक्षित चलचित्र ‘गुड न्यूज’ रिलिज हुने भएकाले पनि यो चलचित्रको हल घट्ने पक्का छ । यसको असर, चलचित्रको दोश्रो साताको व्यापारमा पर्नेछ । चलचित्रले बक्स अफिसमा दुई सय करोड नकमाउने पक्का छ ।

सलमान खानको यो दशक राम्रै चलेको थियो । तर, यो दशकको अन्त्य उनको सुखद हुन सकेन । उनी अभिनित ‘भारत र दबंग ३’ यो बर्ष रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment