+
+
Shares

एनपीआरका लागि मोदी सरकारले दियो सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १८:४१

८ पुस, काठमाडौं । भारतको केन्द्रीय मन्त्रिमण्डलले नेशनल पपुलेशन रजिस्टर (एनपीआर)लाई अपडेट गर्न अनुमति दिएको छ ।

केन्द्रीय मन्त्री प्रकाश जावडेकरका अनुसार एनपीआर हरेक दश वर्षमा अपडेट हुनेछ । उनले भने, ‘पहिलो पटक २०१० मा युपीएका मनमोहन सिंह सरकारले अपडेट गरेको थियो । अब यसलाई १० वर्षपछि हामी अपडेट गर्दैछौं । अर्थात २०२० मा । हामी केही पनि नयाँ गरिरहेका छैनौं ।’

उनका अनुसार एनपीआरका लागि कुनै कागजपत्र चाहिँदैन । ‘बायोमेट्रिक पनि मागेका छैनौं’ उनले भने ।

एनपीआरमा जनगणनाको काम एपमार्फत हुनेछ र, आगामी अप्रिलबाट यसलाई सुरु गरिनेछ ।

मन्त्री जावडेकरले नागरिकता र एनपीआरलाई लिएर भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?