Comments Add Comment

दिवंगत फुटबलर सुबोधको सम्झनामा फुटसल प्रतियोगिता

९ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमामा स्वर्गीय सुबोध मेमोरियल कप फुटसल प्रतियोगिता हुने भएको छ ।

झरना स्पोर्टस क्लब तिलोत्तमाकोे आयोजना तथा सम्झना परिवार क्लब, रुपन्देही जिल्ला फुटसल संघको संयुक्त सहकार्यमा पुस ११ र १२ गते दुई दिन प्रतियोगिता हुने भएको हो ।

बुधबार तिलोत्तमा-६ कुञ्जलापुर पार्कमा आयोजित पत्रकार सम्मेलनमा झरना स्पोर्ट्स क्लबका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भएको बताए ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ८० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरी उपविजेता टिमलाई नगद ४० हजारसहित कप, मेडल, प्रमाणपत्र तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

कार्यक्रममा रुपन्देही फुटसल संघ जिल्लाका अध्यक्ष राजु पुनले जिल्लामा संघ गठन भएको डेढ वर्षको अवधिमा संगठन र प्रतियोगितालाई व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखेको बताए ।

प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने संयोजक सिजन थापाले जानकारी दिए । खेलप्रेमीहरुको सहयोगमा हुने प्रतियोगितामा करिब डेढ लाख खर्च हुने उनको भनाइ छ ।

कार्यक्रममा सम्झना परिवार क्लब धिरज पुन, झरनाका कोषाध्यक्ष धनेन्द्र पौडेलले फुटसल संघका सचिव दिपेश अग्रहरीले फुटसल खेलको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

स्वर्गीय फुटबलर सुबोध थापा सम्झना परिवार क्लबमा आवद्घ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment