Comments Add Comment

स्थापित सर्जकलाई दर्शक पाउनै समस्या

कुनै एक समय थियो, जुन समय नेपाली गीत संगीतको एल्बम बिक्थ्यो । एल्बमबाट नै सर्जकले राम्रो कमाई गर्थे । तर, अहिले समय फेरिएको छ । बजारमा गीत–संगीतका एल्बमहरु बिक्री हुन छाडेका छन् । विश्व बजार डीजिटल प्रविधीमा गएसँगै एल्बम त अहिले निकाल्नै छाडिएको छ । एउटा गीत तयार गर्ने र त्यसको भिडियो बनाएर युटुबमा राख्ने प्रचलन अहिले छ ।

युट्युबको युगमा धेरै नयाँ कलाकारहरु जन्मिएका छन् । युट्युबबाट नै उनीहरुले नाम र दाम कामइरहेका छन् । तर, केही पूराना कलाकारहरुले भने युट्युबको जमानामा आफ्नो नाम बलियो बनाइराख्न गाह्रो परिररहेको छ ।

यसको एक बलियो उदाहरणमा गायक धिरज राइपनि पर्छन् । कुनै समय पप गायकका ‘किङ्ग’ थिए धिरज । उनलाई नेपाली ‘माइकल ज्याक्सन’को रुपमा चिनिथ्यो । स्टेज तताउन सक्ने धिरजका धेरै गीतहरु सफल छन् । तर, अहिले गीत संगीतको बजारमा धिरजको नाम कमै सुनिन्छ । धिरजका गीतहरु पनि अहिले खासै बजारमा आएका छैनन् । युटुबमा भाइरल गीतहरुले पकड जमाइरहेको समयमा यो प्लेटफर्ममा आफूलाई बलियो बनाउन धिरजलाई सजिलो भने छैन ।

गायक नविन के भट्टराइको गीतसंगीत पनि एल्बममा रेकर्डतोड विक्री हुन्थ्य । नविनको एल्बम बजारमा आउने वित्तिकै किन्न पुग्ने श्रोता प्रशस्त थिए । तर, अहिले युटुबमा सहजै गीत सुन्न र हेर्न पाइन्छ । यसैले, नविनलाई पनि नयाँ प्रकारका श्रोतामाझ आफूलाई स्थापित गराइराख्न सहज छैन ।

नविनले युटुबमार्फत सार्वजनिक गरेका गीतको भ्यूज हेर्दा पनि यो कुरा भन्न सकिन्छ । सस्ता र दुई दिन हल्ला मच्चाउने गीतले बजार पाइरहेको समयमा नविन जस्ता कालजयी गीत तयार गर्ने गायकहरुलाई समस्या परिरहेको छ ।

गायक निमा रुम्बाको अवस्था पनि यस्तै हो । कुनै समयमा चर्चाको शिखरमा रहेका निमा अहिले सुस्ताएको देखिन्छ । डीजिटल दुनियाँमा आफूलाई दौडाउन उनलाई पनि सकस नै छ । गायक तथा संगीतकार अनिल सिंहको गीतले कुनै समय तहल्का मच्चाएका थिए । तर, अहिले उनी पनि सेलाएका छन् । उनको गीतले युटुबमा बलियो उपस्थिती जनाउन सकेका छैनन् ।

गायक धर्मेन्द्र सेवानले केही दिन अगाडि मात्र एउटा गीत सार्वजनिक गरे । तर, भाइरल गीत चल्ने समयमा उनको गहकिलो गीतले दर्शक पाउन सकेको छैन । नेपाली सांगीतिक क्षेत्रमा अहिले गीत भन्ने तरिका बदलिएको छ ।

गायक–गायिकाहरुले स्टेजका लागि चाहिने गीत तयार पार्न थालेका छन् । नाम चलेका र कालजयी गीत तयार गर्न सक्ने गायक–गायिका भने सस्तो शब्द र भाइरल मोडलको पछि लागेका छन् । जसलेगर्दा, कुनै समय नेपाली सांगीतिक क्षेत्रमा दरिलो पकड जमाएका गायक–गायिकालाई आफूलाई यो क्षेत्रमा बचाइराख्न समस्या परिरहेको छ । उनीहरुलाई, बजार अनुसार चल्ने कि बजारलाई आफू अनुसार चलाउने भन्ने समस्या परेको छ । यसैले, डिजिटल जमानामा उनीहरु छायामा परेका हुन् कि भन्ने भान दर्शक–श्रोतालाई हुनु स्वभाविक नै हो ।

तर, गायक दीपक बज्रचार्यले ‘मन मगन’ जस्तो गीत तयार पारेर फेरि एकपटक हंगामा मच्चाए । धेरै गायक–गायिकाले दर्शकको स्वाद र आफ्नो शैलीलाई मिश्रण गरेर गीत तयार पारेको खण्डमा त्यसले फेरि बजार पाउने कुरामा भने दुइमत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment