Comments Add Comment

सिद्धबाबा प्रकरण : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो

१० पुस, विराटनगर । ‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।

रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो ।

अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए ।

हिरासतको समय विराट नर्सिङहोममा कटाएका गिरीले आफूमाथि फसाउने षडयन्त्र भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको रिपोर्ट आएको हो ।

यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ !

‘आवाज म्याच भएको रिपोर्ट आएको छ’,  प्रहरी स्रोतले भन्यो, ‘सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । सिद्धबाबाको हकमा भने ७७ प्रतिशत आवाज म्याच भएको छ ।’

प्रहरीले मुद्दा अनुसन्धानपछि आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको छ ।
यो पनि पढ्नुहोस सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।

जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस बलात्कार आरोपी सिद्धबाबा आईसीयूबाटै पक्राउ यो पनि पढ्नुहोस बलात्कार आरोपी सिद्धबाबाको हातमा त्रिदण्ड !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment