Comments Add Comment

पुष्प अष्ट्रेलियामा, वर्षा सुटिङमा

चलचित्र ‘चालबाज’को छायांकनमा जोडिएको केही दिनमै नायक पुष्प खड्का अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको चलचित्र ‘मारुनी’को विशेष शोमा सहभागी हुन उनी निर्मात्री पूनम गौतमसँग अष्ट्रेलिया हानिएका हुन् ।

चलचित्र ‘चालबाज’को छायांकनमा कलाकारको हेरफेरले समस्या पारिरहेको छ । अब, पुष्प भने अष्ट्रेलिया उडेपछि पक्कै निर्माणटिम झनै समस्यामा पर्नेछ ।

नायक पुष्प अष्ट्रेलिया उड्दा नायिका वर्षा सिवाकोटीले भने छायांकन प्रारम्भ गरेकी छिन् । उनले सामाजिक संजालमा चलचित्रको छायांकनमा जोडिएको उल्लेख गरेकी छिन् । ‘जसले जे भनेपनि काम त गर्नै पर्यो’ भन्दै वर्षाले ‘चालबाज’को छायांकन सुरु गरेको बताएकी छिन् ।

नायिका केकी अधिकारीले काम गर्न नभ्याएपछि वर्षा यो टिममा जोडिएकी थिइन् । वुझिएअनुसार, नायक वुद्दि तामाङ चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रको छायांकन अहिले दार्जिलिङ्गमा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment