Comments Add Comment

एपेक्स कलेजद्वारा २० औं वाषिर्कोत्सवको लोगो अनावरण

१० पुस, काठमाडौं । मानव संसाधनरुपी मानवीय पूँजीको विकासमा सन् २००० देखि अनवरत लागिरहेको एपेक्स कलेजले आफ्नो स्थापनाको २० वर्ष पुरा गरेको छ । यस उपलक्ष्यमा प्राध्यापक डा. प्रेम राज पन्तबाट कलेजको २० औं जन्मजयन्तीको विषेश लोगोको अनावरण गरिएको छ ।

२० वर्षको कार्यगत अनुभवले विद्यार्थीहरुको शैक्षिक तथा व्यवसायिक आवश्यकता पूरा गर्न तथा गुणस्तरीय  शिक्षा प्रदान गर्न परिपक्व रहेको र आगामी दिनहरुमा समेत कलेजसँग आवद्ध संस्था र व्यक्तिहरु तथा समाजप्रति अझ तत्परताका साथ सेवा प्रदान गर्न एपेक्स कलेज प्रतिवद्ध रहेको छ ।

साथै यस अवधिमा कलेजबाट ३२९३ विद्यार्थीहरुले स्नातक तथा स्नातकोत्तर तह उर्त्तिण गरिसकेको र उनीहरु नेपाल लगाएत विश्वका विभिन्न स्थानहरुमा सफलतापूर्वक कार्यरत रहेको कुरा समेत जानकारी गराईएको छ ।

रचनात्मक शिक्षा तथा समन्वयात्मक कार्य मार्फत समाज र संस्थालाई परिर्वतन गर्नका लागि व्यवहारिक शिक्षाको माध्यमबाट दूरदर्शी व्याक्तित्वको निर्माण गर्नु नै हाम्रो मुख्य लक्ष्य रहेको एपेक्स कलेजका प्राचार्य एल पि भानु शर्माले बताए ।

२० औं जन्मजयन्तीको अवसरमा कलेजले सन् २०२० मा भर्ना हुने विधार्थीहरुका लागि “२० औं जन्मजयन्ती छात्रवृति” घोषणा गरी जेहेन्दार विधार्थीहरुलाई छात्रवृति उपलब्ध गराउने भएको छ । साथै कलेजले वर्षभरी नै बिभिन्न कार्यक्रम गरी आफ्नो २० आंै जन्मजयन्ती मनाउने कार्य योजना समेत प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment