Comments Add Comment

विराटनगर पीपीएलको फाइनलमा

Photo Credit : अनलाइनखबर फाइल ।

१० पुस, काठमाडौं । विराटनगर टाइटन्स नमस्ते पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ ।

फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा विराटनगरले बिहीवार भएको इलिमिनेटरमा बुटवल ब्लास्टरलाई २१ रनले हरायो । बुटवलमाथि उसको यो लगातार जित हो । बुटवललाई नै ठूलो अन्तरले हराएर बिराटनगरले इलिमिनेटरमास्थान पक्का गरेको थियो ।

फाइनल प्रवेशका लागि विरा६नगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्याे ।

१४ ओभरसम्म खेल बुटवलको हातमा थियो । उसलाई ३६ बलमा ४५ रन चाहिएको थियो र ६ विकेट हातमा थियो । तर त्यसपछि विराटनगरका बलरहरु हावी भए । ६ ओभरमा एउटा पनि बाउन्ड्री नदिएका उनीहरुले ६ विकेट लिए ।

अन्तिम ओभरको तेस्रो बलमा ललितनारायण भण्डारीले पुनित मेहराको बलमा ठूलो सर्ट खेल्ने प्रयास गरेका थिए तर नुनाम खानले बाउन्डी लाइनमा उत्कृष्ट क्याच लिए । यो ओभरमा मात्र पुनितले तीन विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

उसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ५४ बलमा २ छक्का र ६ चौकाको मद्दले ६१ रन बनाएर आउट भएका थिए । सुरुदेखि सुस्त खेलेका धमलाले पछाडि केही आक्रामक सट खेल्दै आˆनो रनरेट सुधारेका थिए ।

पाचौं नम्बरमा आएका कप्तान प्रदीप ऐरीले महत्वपूर्ण म्याचमा महत्वपूर्ण योगदान दिए । उनले केवल १३ बलमा ४ छक्का र एक चौकासहित अविजित ३३ रन हान्दै बिराटनगरलाई उकासेका थिए ।

त्यसअघि ओपनर मोहम्मद जैद आलम र धमलाबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जैद १३ बलमा २० रन हान्दै रनआउट भएपछि तेस्रो नम्बरमा आएका लोकेश बमले २ छक्कासहित १७ बलमा १९ रन हिर्काए । यसैगरी पुनि महराले पनि २१ बलमा १९ रन बनाए । नोमन खान खाता नखोली आउट भए ।

बुटबलका लागि हार्स टङ्कले दुई विकेट लिएका छन् । अविनाश बोहरा र ललित सिंह भण्डारीले १-१ विकेट बाँडे । कप्तान सोमपाल कामीले विकेट लिन सकेनन् । ३ ओभर मात्र बलिङ गरेका उनले २२ रन खर्चेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment