Comments Add Comment

टेलिभिजन कलाकार कुशल पंजावीले गरे आत्महत्या

टेलिभिजन कलाकार कुशल पंजावीको निधन भएको छ । मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका थिए । मुम्बई प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । भारतीय मिडियाका अनुसार उनले पंखामा झुन्डिएर आत्महत्या गरेका हुन् । तर, उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

तर, कुशलको कोठाबाट एउटा सुसाइड नोट भेटिएको छ । उक्त नोटलाई प्रहरीले सुरक्षित गरेको छ । प्रहरीका अनुसार उनले लेखेको नोट डेढ पेजेको छ । उक्त नोटमा उनले आफ्नो सम्पतीको आधा बाबु–आमा र बहिनीलाई दिन भनेका छन् । उनले लेखेका छन्–‘त्यहाँबाट बचेको सम्पत्ति मेरो तीन वर्षिय छोरालाई हुनेछ ।’

कुशलले २०१५ मा आड्री डालेनसँग बिबाह गरेका थिए । सन् २०१६ मा उनीहरुले छोरालाई जन्म दिएका थिए ।

कुशल भारतीइ टेलिभिजनमा चिनिएका कलाकार हुन् । उनले आफ्नो करिअरमा ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका छन् । उनले ‘सीआईडी, लव म्यारिज, देखो मगर प्यार से, कोई हे, फियर फ्याक्टर, कभी हां कभी ना’ जस्ता सफल टेलिभिजन कार्यक्रममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment