Comments Add Comment

वैैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति चयन

१३ पुस, काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको नयाँ कार्यसमिति चयन गरिएको छ । वैदेशिक रोजगारका क्षेत्रमा कÞलम चलाउने पत्रकारहरुको संस्थाको रुपमा १० बर्ष अघि स्थापित समाजको शनिबार राजधानीमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमिति अध्यक्षमा मिडिया मिशनका हरिबहादुर थापा चयन भएका छन् । समाजको वरिष्ठ उपाध्यक्षमा रोजगार मिडियाका उद्धवराज भट्टराई, उपाध्यक्षमा रेडियो कान्तिपुरकी इन्द्रलक्ष्मी घिमिरे, महासचिवमा मध्यान्ह दैनिकका रेशम राज पौडेल, सचिवमा सामुदायिक सूचना नेटवर्क (सिएनआइ)का केशब भुल र कोषाध्यक्षमा नेपाल लाइभडटकमकी निर्मला घिमिरे चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अरिश्मा मोक्तान, रिना श्रेष्ठ, कल्पना भट्टराई, विनेश खनाल, र पुडासैनी चयन भएका छन् ।

त्यसैगरी समाजको कार्यसमितिले मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, नागरिक दैनिकका रुद्र खड्का, नयाँ पत्रिका दैनिककी मुना कुँवर लगायतलाई सल्लाहकारमा चयन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment