Comments Add Comment

यस्तो दुर्लभ ग्रह, जहाँ हीराको वर्षा हुन्छ

दुनियाँको सबैभन्दा महँगो पत्थर हीरा । यदि बहुमुल्य हीरा आकाशबाट बर्सियो भने के होला ?

यो धर्तीमा आकाशबाट हीरा वर्षिने भन्ने कुरा असम्भव नै छ । तर यो ब्रह्माण्डमा एउटा यस्तो ग्रह छ, जसमा आकाशबाट हीरा बर्सिन्छ ।

सौयमण्डलमै चारवटा यस्ता ग्रह छन् जसलाई ग्यासीय ग्रह पनि भनिन्छ । किनकि, ती ग्रहहरूको अधिकांश हिस्सा ग्यासले बनेको हुन्छ । वरुण पनि ग्यासले बनेको ग्रहमध्ये एक हो । अन्य ग्यासीय ग्रहहरू शनी, अरुण र वृहस्पति हुन् ।

वरुण पृथ्वीबाट सबैभन्दा टाढाको ग्रह हो । यसको सतहको तापक्रम माइनस २ सय डिग्री सेल्सियस रहेको छ । वरुण यस्तो ग्रह पनि हो, जसलाई वैज्ञानिकहरूले सुरुमा नदेखिकनै गणितको अध्ययनका आधारमा पत्ता लगाएका थिए । त्यसपछि मात्र वरुणको खोजी भएको थियो ।

सन् १८४६ को सेप्टेम्बर २३ मा पहिलोपटक यो ग्रहलाई दूरविनबाट देखिएको थियो र त्यसको नाम नेप्च्यून राखियो । जसको अर्थ रोमन धर्मको समुद्र देवता हुन्छ । त्यसलाई संस्कृतमा वरुण भनियो । यसको खगोलशास्त्रीय चिह्न त्रिशूल रहेको छ ।

वरुण ग्रहमा जमेको मिथेन ग्यासको बादल वायुमण्डलमा उड्दछ र त्यहाँ हावाको गति सौर्यमण्डलका अन्य ग्रहको तुलनामा निकै उच्च हुन्छ । मिथेनको सुपरसोनिक हावा रोक्नका लागि वरुण ग्रहमा कुनै पनि भौगोलिक संरचना छैनन् । त्यसैले त्यहाँ हावाको गति १५ सय माइल प्रतिघण्टा सम्म पुग्दछ ।

वरुण ग्रहको वायुमण्डलमा अन्यन्त घनत्वयुक्त कार्वन भएका कारणले त्यहाँ हीराको वर्षा पनि हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment