Comments Add Comment

एनसेल मेला बुटवलमा सम्पन्न

१३ पुस, काठमाडौं । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेलमेला २०७६’मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतीसँग सँगै गाउदै नाच्दै रमाईलो गरेका थिए । त्यसैगरी बालबालिकाहरुले विविध खेल र गतिविधीहरुबाट मनोरञ्जन लिएका थिए ।

यो मेलाएनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाईसघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यकासाथ सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना गरेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण मेला निर्धारित समय भन्दा केही ढिला १२ बजे शुरु भई गीतसंगीत सहित दिउँसो ३ बजेसम्म चलेको थियो ।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा प्रवर्द्धन गरिएको थियो भने गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँईले आˆनो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान थियो ।

मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअल जोन जस्ता विषेश आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो,लेगो, पि्र गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्ˆलेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभहरुबाट मजा लिएका थिए ।

थुप्रै खेल तथा गतिविधीहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द हृयाङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रोमा युवाहरु भरपुर मनोरञ्जन लिईरहेका थिए । मेलामादर्शक तथाआगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजालिदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए भने र कम्पनीले प्रदान गर्दै आएका सेवा तथा सुविधाहरुका बारेमा पनिजानकारी लिनुका साथै फोरजी सिम लिन लगायत आफ्नो पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment