Comments Add Comment

हुनेवाला सासू ससुरालाई भेट्दै हुनुहुन्छ ?

मानौं तपाईं आफ्ना हुनेवाला सासु र ससुरालाई भेट्दै हुनुहुन्छ । यो तपाईंहरुको पहिलो साक्षत्कार हो । पक्कै पनि तपाईंमा केही डर लागेको हुनुपर्छ, लाज लागेको हुनुपर्छ । केही रोमाञ्चक पनि । कसरी भेट्ने ? भेटघाटमा कसरी शिष्टचार निभाउने ? के कुरा गर्ने ? यावत् प्रश्न तपाईंको मनमा खेलिरहेको हुनसक्छ ।

हुनपनि तपाईंले यतिबेला बढी नै सर्तकता अपनाउनुहुनेछ । किनभने हुनेवाला सासु र ससुराले पनि तपाईंलाई पहिलो पटक भेट्दैछन् । उनीहरुले तपाईंको मूल्यांकन कसरी गर्नेछन् ? यो कुरा स्वयम् तपाईं पनि महसुस गरिरहनु भएकै होला ।

आफ्ना भावी जीवनसाथी अर्थात् प्रेमी वा प्रेमिका बुबा-आमासँगै पहिलो पटक भेट्ने क्रममा हरेकलाई असहज हुनु स्वभाविकै हो । त्यसक्रममा मनमा कता-कता एकप्रकारको डर समेत पैदा हुन्छ । कतै उक्त भेटघाटले उनीहरुको सम्बन्धमा पो कुनै नकारात्मक मोड पैदा गर्ने हो कि ?

भविष्यका ससुरा अथवा सासुसँगै पहिलो भेटघाटका लागि जानुभन्दा पहिला हरेक युवकले केही कुराहरुमा ध्यान दिनु अनिवार्य छ ।

नशामा नडुब्ने

पहिलो भेटघाटको समयमा तपाईंले कुनै प्रकारको नशा नलिनु नै राम्रो हुन्छ । यसले तपाईंको सामुन्ने बसेको व्यक्तिले के महसुस गर्नसक्छ भने तपाईंले स्वयंलाई नै नियन्त्रणमा राख्नसक्नु भएको छ अथवा तपाईं स्वयं इमान्दार हुनुहुन्छ । जबकी पहिलो भेटमा नै तपाईंले आफूलाई विश्वसनीय, इमान्दार तथा सन्तुलित मानसिकता भएको व्यक्तिको रुपमा प्रस्तुत गर्नुपर्छ ।

धर्म, सेक्स अथवा राजनीतिक विषयमा नअल्झिने

केही मुद्दाहरु त्यस्ता हुन्छन्, जसका बारेमा जति चर्चा गरियो, उत्तिनै विवाद बढ्न सक्छ । सामुन्ने बसेको व्यक्तिले तपाईंको बारेमा गलत सोच्न सक्छ । तपाईंले आफ्नी भावी जीवनसाथीसँगै ती विषयमा जति नै चर्चा गरे पनि फरक पर्दैन । तर, उनका बुबा-आमालाई ती कुराहरुमा छलफल गर्न रुचि नहुन पनि सक्छ ।

झुटको सहारा लिनुहुन्न

केही मानिसहरु पहिलो भेटघाटमा आफूलाई उत्कृष्ट देखाउने चक्करमा आफ्नो खुबीहरु बढाई-चढाई भन्ने गर्दछन् । सम्पत्तिका बारेमा समेत उनीहरुले झुटो बोलिरहेका हुन्छन् । यद्यपि, ध्यान राख्नुपर्ने कुरा के छ भने यसप्रकारले तपाईं आफ्नी जीवनसाथी तथा उनीहरुका अभिभावकहरुको नजरमा गिर्न पनि सक्नुहुनेछ । किनभने, जब उनीहरुलाई तपाईंको वास्तविकताका बारेमा जानकारी हुन्छ । त्यो बेला उनीहरुको नजरमा तपाईंप्रतिको सम्मान कम हुनेछ ।

फोनमा नझुण्डिनु होस्

प्रेमिकाका बुबा-आमासँगै पहिलो भेटघाटको समयमा मोबाइलमा लगातार म्यासेज पठाउने, फेसबुक अथवा इमेल चेक गर्ने अथवा इन्टरनेट चलाउनबाट बच्नुपर्छ । यदि त्यसो गर्नु भएन भने तपाईंकी भाबी जीवनसाथीका बुबा-आमालाई के लाग्ने छ भने तपाईंले उनीहरुको कुरामा रुचि दिनुभएको छैन । जसबाट उनीहरु स्वयंले आफूलाई अपमानित भएको महसुस गर्नेछन् ।

दिमाग खुल्ला राख्ने

तपाईंकी जीवनसाथी भिन्न परिवेशबाट आएकी हुन सक्छिन् । उनका आमा-बुबाको सोच बिल्कुल भिन्न हुनसक्छ । त्यसैले उनीहरुसँगै पहिलो पटक भेट्ने बेलामा आफ्नो दृष्टिकोणलाई संकुचित बनाउनु हुन्न । उनीहरुको कुनै पनि कुरामा तपाईं उत्तेजित हुनु भनेको अथवा उल्टो जवाफ दिनु भनेको तपाईंको सम्बन्धमा नकारात्मकता बढ्नु हो भन्ने कुरालाई बिर्सनु हुँदैन ।

पाहुनाको जस्तो व्यवहार नगर्ने

यदि तपाईं डिनर अथवा लञ्च गर्नका लागि उनको घरमा जानुभयो र खाना पस्कने बेलामा अथवा डाइनिङ टेबल सफा गर्ने बेलामा अलग्गै नबस्नु होला । यी स-साना एटिकेटहरु हुन् । जसलाई ध्यानमा राख्नु अनिवार्य हुनेछ । परिवारका सदस्यहरु झैं हरेक काममा अगाडि बढेर सहयोग गर्नुपर्छ ।

पैसाको बारेमा कुरा गर्नु हुन्न

पहिलो पटक भेटेको बेलामा घर तथा पैसासँगै सम्बन्धित स-साना कुराहरु, जस्तै घर कतिमा किनेको, ऋण लिएर किनेको हो कि पुरै पैसा तिरेर किनेको, तलव कति छ अथवा फ्ल्याटको भाडा कति छ, कार कुन मोडलको हो, कति मूल्यको हो जस्ता विषयहरुमा कुराकानी गर्नुको साटो सम्बन्धलाई अझ मजबुत बनाउनेतर्फ केन्दि्रत हुनुपर्छ ।

आफ्नो पहिरनमा ध्यान दिनुपर्छ

घरमा जे भेटियो त्यही लगाएर हुनेवाला श्रीमतीको घरमा उनका बुबा-आमालाई भेट्न जानु उचित हुन्न । पहिलो भेटमा आफ्नो पहिरनमा विशेष ध्यान दिनुपर्छ ताकि उनीहरुलाई महसुस होस् कि तपाईं उक्त पहिलो भेटलाई कति गम्भीरतापूर्वक लिइरहनु भएको छ र उनीहरुलाई कत्तिको महत्व दिइरहनु भएको छ ।

केवल आफ्नो कुरामात्र नगर्ने

पहिलो भेटमा तपाईं तथा तपाईंकी जीवनसाथीका अभिभावक दुबै नै एक-अर्कासँगै अपरिचित हुनुहुनेछ । त्यस्तो अवस्थामा केवल आफ्नो जीवनको कथा सुनाइरहनु राम्रो कुरा होइन । त्यसको साटो तपाईंले उनीहरुका बारेमा पनि सोधपुछ गर्नुपर्छ । ताकि उनीहरुलाई तपाईं उनीहरुको बारेमा समेत जान्नका लागि उत्सुक हुनुहुन्छ भन्ने महसुस होस् । त्यसैले आफ्नो कुराकानीमा सन्तुलन बनाइराख्नु उचित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment