Comments Add Comment

पुनर्निर्माण प्राधिकरणले थप्यो साढे ७ हजार लाभग्राही

१३ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सात हजार ४९४ नयाँ लाभग्राही थप गर्ने निर्णय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठक पुस ११ र १३ गते बसेर सो निर्णय लिइएको हो ।

पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणमार्फत विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् । त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।

यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थपेको थियो । त्यस्तै, उक्त २ हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत संकलित कुल एक लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिए ।

‘बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं,’ उनले भने ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment