Comments Add Comment

बक्स अफिस भिडन्तः ‘नेपाली फिल्मलाई बलिउड र नेपाली फिल्मकै चुनौती’

पौष महिनामा कुनै पनि चलचित्र रिलिज नहुने देखिएको छ । हलमा बलिउड र हलिउड चलचित्रको दबदबा कायमै छ । माघको अन्तिम साता नलागेसम्म दर्शकले नाम चलेका कलाकारको चलचित्र हेर्न पाउने छैनन् । तर, फागुण र चैत्रमा केही चलचित्र रिलिज त हुँदैछन्, तर एक आपसमा ती चलचित्रको भिडन्त हुँदैछ ।

कहिले हलमा नै चलचित्र नहुने, कहिले एक आपसमा जुधेरै समस्या पर्ने, नेपाली चलचित्रले यस्तै नियती भोगिरहेको छ । माघको २४ गते नायक विराज भट्टको चलचित्र ‘साङ्लो’ रिलिज हुँदैछ । एक्सन र लभ स्टोरी कथामा बनेको यो चलचित्रले नायक विपिन कार्कीको चलचित्र ‘सेल्फी किङ्ग’लाई चुनौती दिदैछ ।

विपिनको चलचित्रले मल्टिप्लेक्स हल र विराजको चलचित्रले सिंगल हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ । फागुणको ९ गते पनि अर्को भिडन्त हुँदैछ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ एकसाथ रिलिज हुँदैछन् । यी दुबै चलचित्रले मल्टिप्लेक्समा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिताराम कट्टेल, कुञ्जना घिमिरे हुनुको फाइदा ‘सेन्टी भाइरस’ले सिंगल हलमा उठाउन सक्छ ।

फागुणको २३ गते रिलिज हुन लागेको सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई भने बलिउड चलचित्र ‘बाघी ३’को चुनौती हुनेछ । ‘म यस्तो गीत गाउँछु २’मा नायिका पूजा शर्मा र नायक पल शाह छन् भने ‘बाघी ३’मा टाइगर श्राफ र श्रद्धा कपुर छन् ।

मल्टिप्लेक्स हलमा ‘म यस्तो गीत गाउँछु २’लाई ‘बाघी ३’ चुनौती बन्न सक्छ । यस्तै, चैत्र २८ गते रिलिज हुने ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’को भिडन्त पनि यो बर्षको अर्को ठूलो भिडन्त हो ।

यो मितिमा बलिउड चलचित्र ‘८३’ पनि रिलिज हुने चर्चा छ । यसरी हेर्दा, पौष र माघ महिनामा सुनसान रहेका हल फागुण र चैत्रमा तात्नेछन् । तर, नेपाली चलचित्रलाई भने आफ्नै देशमा बनेका चलचित्र र बलिउड चलचित्रको प्रतिस्पर्धा झेल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment