Comments Add Comment

कालो चनाका फाइदै फाइदा

चना त हामी सबैले खाएकै छौं । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । तर, के तपाईंको डाइटमा कालो चना समावेश छ त ? हजुर, भिटामिनहरुको खजाना हो कालो चना । यो रेसादार हुन्छ, भिटामिनको साथै खनिजहरुले भरिपूर्ण हुन्छ र यसमा चिल्लोपना कम मात्रामा हुन्छ । यसलाई डाइटमा समावेश गर्नु तपाईंको स्वास्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ ।

कालो चना खानाले क्लोरोफिल, भिटामिन बी, भिटामिन सी, भिटामिन डी तथा भिटामिने केका साथै फोस्फोरस, पोटासियम, ग्याग्निसियमको आवश्यकता पनि पूरा हुन्छ । यसबाहेक, यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । कालो चनाले तपाईंले परफेक्ट बडी शेप पाउन सक्नुहुनेछ । कालो चनाको नियमित सेवनले मधुमेहमा नियन्त्रण आउनुका साथै शरीर समेत मजबुत हुनेछ ।

कालो चनालाई तपाईंले शख्खरसँग खानुभयो भने अझै बढी फाइदाजनक हुनेछ । कालो चनाले हाम्रो शरीरमा उर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु शख्खरसँग कालो चना खाने गर्छन् । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । यसले पाचन प्रकृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भिजाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ । कब्जियतको समस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ । त्यो पानी समेत स्वास्थका लागि फाइदाजनक हुन्छ ।

कालो चना एन्टिअक्सिडेन्ट, एन्थोसाइनिन, फाइटोन्यूटि्रयन्ट्स तथा एएलएले भरिपूर्ण हुन्छ । त्यसले मुटुको बिरामीहरुलाई टाढा राख्नुका साथै रक्त नलीहरुलाई स्वस्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फोलेट तथा म्याग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ । जुन हार्ट एट्याक तथा स्ट्रोकको खतरालाई कम गर्नमा समेत सहयोगी मानिन्छ ।

मधुमेहका रोगीहरुका लागि कालो चनाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको कार्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्लड सुगरको स्तरलाई कम गर्न सकिन्छ । त्यसैले, यसले इन्सुलिन प्रतिरोधमा योगदान दिनसक्छ र टाइप २ मधुमेहको खतरालाई पनि समाप्त गर्नसक्छ । कालो चनामा घुलनशील फाइबर हुनाले यो कोलेस्ट्रोलको लेभललाई कम गर्न समेत सक्षम हुन्छ ।

गर्भवती तथा स्तनपान गर्ने महिलाहरुका लागि कालो चना निकै नै फाइदाजनक हुन्छ । किनभने यसमा प्रचुरमात्रामा आइरन हुन्छ । यसबाहेक यसले एनिमियालाई रोक्न समेत सहयोग पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फाइदाजनक हुन्छ ।

कालो चनामा फोलेट्स, आहार फाइबर, प्रोटीन, कार्बोहाइड्रेट, कपर, आइरन तथा फोस्फोरस पाउन सकिन्छ, जसले छालालाई फाइदा पुर्‍याउँछ । चना भिजाइएको पानीले अनुहार धोयो भने अनुहारमा चमक आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment