Comments Add Comment

हुन्डाईले भेन्यु डिजिटल अभियानका विजेताको घोषणा

१४ पुस, काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ ।

हुन्डाई भेन्युको प्रवर्द्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । अत्याधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरु लक्की-ड्र बाट छानिएको हो ।

स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नु पर्ने थियो ।

लक्की ड्र मार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जिते ।

त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगिहरुले नेपाल भरि रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगीमध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्रबहादुर सुनुवार भाग्यशाली विजेता बने ।

बिजेताहरुले आफ्ना जोडिसहित पोखरा/ चितवन/ नगरकोट/ धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथविक्री वितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment