+
+
Shares

पारस र ज्ञानेन्द्रले एमएम कप एक दिवसीय क्रिकेट नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १७:२७

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्काले दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

प्रतियोगिताको लागि घोषित प्रदेश ३ को ६लीमा दुवै खेलाडीको नाम छैन । यस्तै पोखरा प्रिमियर लिग मार्फत क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेलले प्रदेश ३ को कप्तानी गर्नेछन् ।

प्रदेश नम्बर ३ प्रादेशिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेतले पारस र ज्ञानेन्द्रले नखेल्ने र सुवासले कप्तानी गर्ने जानकारी दिए ।

पारस र ज्ञानेन्द्रले घरायसी कारण देखाउँदै नखेल्ने भएको जानकारी प्रादेशिक संघलाई गराएको बस्न्यातले बताए ।

टुर्नामेन्ट खेलिहाल्नु पर्ने अवस्था आएकोले पनि अहिलेलाई उनीहरुले नखेल्ने र अन्य टुर्नामेन्टहरु खेल्ने बस्न्यातले बताए ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट भने पारस र ज्ञानेन्द्रले खेलेका थिए । जसले गर्दा नयाँ खेलाडीहरुलाई प्रेरणा समेत मिलेको थियो ।

एमएम कप क्रिकेटका लागि प्रदेश ३ ले सुवास खकुरेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

मनमोहन मेमोरियल सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सुनसरीको इनरुवामा पुसको १५ बाट माघ ४ गतेसम्म हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेश ३ को टिम

सुवास खकुरेल (कप्तान), इशान पाण्डे, आदील खान, रित गौतम, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, राम नरेश गिरि, प्रतिष जिसी, तिलक भण्डारी, नन्दन यादव, संघर्ष पौडेल, गौतम केसी, अभिषेक बस्नेत, राजेश रिमाल

वैकल्पिक खेलाडी

भुपेन्द्र थापा, रिजन ढकाल, सुवर्ण भट्ट, प्रशान्त महत, प्रदिप परियार, उत्सव श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?