Comments Add Comment

जनवरी १ देखि नेदरल्याण्डले त्याग्दैछ आफ्नो ‘उपनाम’, कारण यस्तो

अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष आउन १ दिनमात्रै बाँकी छ र आगामी नयाँ वर्षमा दुनियामा अनेक खालका परिवर्तनहरु अवश्य पनि देख्न पाइनेछ । एउटा यस्तै परिवर्तन चाहीँ नयाँ वर्षको सुरुकै दिनबाट नै देख्न पाइने भएको छ ।

हो, पानी मुनिको देश पनि भनेर चिनिने युरोपेली मुलुक नेदरल्याण्डले जनवरी १ बाट एउटा महत्वपूर्ण परिवर्तन गर्दैछ ।

नेदरल्याण्डले सन् २०२० बाट आफ्नो देशको उपनाम अर्थात् ‘हल्याण्ड’ त्याग गर्दैछ ।

तपाइँलाई थाहै छ नेदरल्याण्डको अर्को नाम हल्याण्ड हो । नेदरल्याण्डको पर्यटन वेबसाइटको नाम समेत Holland.com रहेको छ ।

१ जनवरी २०२० देखि चाहीँ नेदरल्याण्डले आधिकारिक रुपमा सबै कम्पनीहरु, राजदूतावासहरु, मन्त्रालय तथा विश्वविद्यालयमा रहेको हल्याण्ड नाम हटाउनेछ र केवल नेदरल्याण्ड मात्र राख्नेछ । सरकारले यसका लागि रिब्राण्डिङ्ग अभियान समेत चलाइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार देशको नामलाई रिलञ्च गर्नका लागि नेदरल्याण्ड सरकारले दुई लाख युरो बजेट विनियोजन गरेको छ ।

वास्तवमा हल्याण्ड नेदरल्याण्डको एउटा ठाउँ हो । जसमा एम्सटर्डम, रोटरडम र द हेग जस्ता प्रसिद्ध सहरहरु सामेल छन् । तर प्रायः मानिसहरुले पूरै नेदरल्याण्डलाई नै हल्याण्डको नामले चिन्दछन् ।

टोकियोमा हुने सन्२०२० को ओलम्पिकमा सहभागिताका साथै युरोभिजन गीत प्रतियोगिताको आयोजना लगायतका कारणले गर्दा नेदरल्याण्डले आफ्नो उपनाम त्याग्न थालेको बताइएको छ ।

नेदरल्याण्डका वाणिज्यमन्त्रीले गत महिना देशका लागि नयाँ लोगो एनएलको अनावरण गरेका थिए । देशको नाम रिब्राण्डिङ्गका पछाडिको मुख्य उद्देश्य पर्यटक लोभाउनु भएको बताइउको छ । पर्यटकहरु राजधानी एम्स्टर्डमको अलावा अन्य सहरहरुमा पनि घुम्न जाउन् भनेर सरकारले प्रोत्साहित गरिरहेको छ ।

डच पर्यटक बोर्डका अनुसार एम्स्टर्डमका स्थायी बासिन्दाको संख्या १० लाख छ । जबकी त्यहाँ वार्षिक १ करोड ७० लाख पर्यटक आउँदछन् । जसका कारण राजधानीमा निकै भिडभाड हुन्छ । यस्तोमा यदि ती मध्ये केही पर्यटकहरु अन्य सहरमा जानेहो भने पर्यटन व्यवस्थापन सहज हुने र देशका सबै सहरले पर्यटनको लाभ उठाउन सक्ने विश्वास सरकारको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment