Comments Add Comment

यी हुन् यस वर्ष गुगलमा धेरै सर्च गरिएका विषयहरु

सर्च इन्जिन गुगलले यस वर्ष सन् २०१९ मा गुगलमा सर्वाधिक खोजी गरिएका विषयहरुको सूची सार्वजनिक गरेको छ ।

गुगल सर्च इन्जिनमा सर्वाधिक सर्च गरिएका विभिन्न विधाका शीर्षकहरुलाई गुगलले ग्लोबल लिष्ट अफ टप ट्रेण्डिङ सर्चको रुपमा सार्वजनिक गरेको हो ।

यस वर्ष भारत भर्सेज दक्षिण अफ्रिका भन्ने विषय विश्वभर गुगलमा सबैभन्दा धेरै खोजी गरिएको विषय बनेको छ । सायद भारत र दक्षिण अफ्रिकाबीचको क्रिकेट खेलको सन्दर्भमा यो शीर्षक गुगलमा खोजी गरिएको हुनसक्छ ।

गुगल सर्चको ‘ओभरअल’ क्याटेगोरीको दोश्रो स्थानमा हलिउड अभिनेता क्यामरोन बोएस रहेका छन् । तेश्रो स्थानमा ‘कोपा अमेरिका’ रहेको छ भने चौथो स्थानमा ‘बंगलादेश भर्सेस इण्डिया’ भन्ने शीर्षक परेको छ । गुगलमा सर्वाधिक खोजी गरिएको विषयको पाँचौ स्थानमा चाहीँ आइफोन ११ रहेको छ ।

समाचार विधाअन्तर्गत सर्वाधिक खोजी गरिएका यी हुन् टप फाइभ विषयहरुः
Copa America
Notre Dame
ICC Cricket World Cup
Hurricane Dorian
Rugby World Cup

त्यस्तै व्यक्तित्वहरुको विधामा सबैभन्दा धेरै खोजी गरिएका मानिसहरु यी हुन्ः

Antonio Brown
Neymar
James Charles
Jussie Smollett
Kevin Hart

फिल्म विधामा सर्वाधिक सर्च गरिएका फिल्महरु यी रहेः

Avengers: Endgame
Joker
Captain Marvel
Toy Story 4
Aquaman

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment