+
+
Shares

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १६:५३

१५ पुस, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति चयन भएको छ । कृष्णप्रसाद दुलाल अध्यक्ष रहेको समितिको उपाध्यक्षमा आकाश गोल्छा र करण चौधरी चयन भएका छन् ।

महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेति र सहकोषाध्यक्षमा विक्रम सिंहानिया चयन भएका छन् ।

केन्द्रीय कार्य समिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल, निलमणी पाठक छन् । प्रकाश कपुरी, कपिल शिवाकोटी, शुभासिस थपलिया अध्यक्षबाट केन्द्रीय कार्य समिति सदस्य मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?