Comments Add Comment

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष : बर्दियामा उद्घाटन, बाँकेमा जंगल सफारी

१६ पुस, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश ५ मा बर्दियाको ठाकुरद्वारामा उद्घाटन भएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा बुधबार विषेश कार्यक्रम गर्‍यो ।

भ्रमण वर्षको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । भ्रमण वर्ष उद्घाटन अघि मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिले होटेल एसोसिएशन नेपालगन्जको आयोजनामा नेपालगञ्जमा भएको सांस्कृतिक कार्यक्रममा नयाँ वर्षलाई स्वागत गरेका थिए ।

बिहीबार बिहान बाँके राष्ट्रिय निकुञ्जमा मुख्य मन्त्रीसहितले जंगल सफारीको उद्घाटन गरे । जंगल सफारी उद्घाटनपछि मुख्यमन्त्री दम्पत्तीले हात्तीसफारी गरे । खड्कबार हात्तीसारमा मुख्यमन्त्री पोख्रेल र मुख्यमन्त्री पत्नी सांसद सुजिता शाक्यसँगै प्रदेश ५ का उद्योग, पर्यटन मन्त्री लिला गिरी दम्पत्तीले हात्ती सफारी गरे ।

लगतै मुख्यमन्त्री लगायत प्रदेश सरकारका मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिले बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारा पुगेर भ्रमण वर्षको उद्घाटन गरे ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीकरण र आधुनिकरण गर्दै भविष्यमा पर्यटनलाई प्रदेशको समृद्धिको दीगो माध्यम बनाइने बताए । प्रदेश ५ हिमाल, पहाड र तराईका सबै विशेषतासहितको मिनी नेपाल भएको उल्लेख गर्दै उनले पर्यटनलाई उद्योगका रुपमा विकास गर्न नीजि क्षेत्रलाई आग्रह गरे ।

त्यसअघि जंगल सफारी उद्घाटन गर्दै मुख्यमन्त्रीले आन्तरिक र बाह्य पर्यटक भित्रा्उन बाँके राष्ट्रिय निकुञ्ज अब्बल सावित हुने बताए । प्रकृति संरक्षणमा विश्वभर चिनिएको बर्दिया निकुञ्जबाट भ्रमण वर्षको शुभारम्भ गर्न पाउँदा खुसी लागेको मुख्यमन्त्री पोख्रेलले बताए ।

प्रदेश सरकारले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले त्यसका लागि सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

भ्रमण वर्षको अवधिमा प्रदेशका सबै पर्यटकीय स्थलमा पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्ने योजना बनेको मन्त्री गिरीले बताए । लुम्बिनीमा तीन दिने पर्यटन बसाईको प्याकेज, रानीमहल पर्यटकीय महोत्सव, कमलदह पर्यटकीय मेला, प्यूठानको स्वर्गद्वारीमा भारतीय तीर्थालुहरुलाई महाभिषेकका लागि पनि विषेश प्याकेज बनाइएको मन्त्री गिरीले बताए ।

सिद्धबाबामा भारतीय पर्यटकलाई स्वागत

नेपाल भ्रमण बर्ष २०२० को अवसरमा तिनाउ गाउँपालिका र सिद्धबाबा मन्दिर विकास समितिले आन्तारिक एवं बाह्य पर्यटकलाई स्वागत गरेका छन् ।

रुपन्देहीको चिडियाखोलास्थित तल्लो सिद्धबाबा मन्दिर अगाडि आन्तरिक एवं बाह््य पर्यटकहरुलाई पुष्प गुच्छा एवं माला सहित स्वागत गरिएको हो । पाल्पा क्षेत्र नंं २ का सांसद सोमप्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर सहितको टोलीले भारतबाट नेपालमा घुम्न आएका ५० भन्दा बढि र आन्तारिक पर्यटकलाई बाजागाजासहित स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment