Comments Add Comment

आजका पत्रपत्रिका : बलात्कार र बेचबिखन मुद्दाका अभियुक्त धमाधम धरौटीमा रिहा

१७ पुस, काठमाडौं । एक समारोहबीच बुधबार शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष २०२० आजका दैनिक पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

अन्नपूर्णले ‘पर्यटनको महाअभियान सुरु’ शीर्षक दिएर आज मुख्य समाचार बनाएको छ । कान्तिपुरले पर्यटनलाई अर्थतन्त्रको एक प्रमुख आधार बनाउने लक्ष्यसहित सरकारले बुधबार काठमाडौंको दशरथ रंगशालासहित सातै प्रदेशबाट भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको लेखेको छ । नागरिकले नेपाल भ्रमण वर्ष सुरु भएको र विश्वलाई नेपाल घुम्न निम्ता दिइएको लेखेको छ ।

बलात्कार र बेचबिखन मुद्दाका अभियुक्त धरौटीमा रिहा

कान्तिपुरले बलात्कार र बेचबिखन मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गरिएकोबारे मुख्य समाचार बनाएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न आदेश दिएको हो । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश दिएको भन्दै कान्तिपुरले फैसलामाथि प्रश्न उठाएको छ ।

त्यस्तै युवतीलाई भारतमा लगेर बेच्ने दुई युवकलाई पनि अदालतले एक/एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत पुस १० मा उच्चच अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीले दुई युवकलाई धरौटीमा छाड्ने आदेश दिएको कान्तिपुर समाचारमा उल्लेख छ ।

चीन र अमेरिकाले नेपालमा गर्ने सैन्य सहयोगको हिसाब पनि आजको कान्तिपुरले निकालेको छ । समाचार अनुसार सैन्य सहयोगमा अमेरिकाभन्दा चीन अगाडि छ । ०७२ यता चीने ११ अर्ब ९८ करोड सहयोग गर्दा अमेरिकाले ५ अर्ब २३ करोड सहयोग गरेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment