Comments Add Comment

जसिताको पर्खाई कहिलेसम्म ?

पहिलो चलचित्र ‘लिलिबिली’बाट नै दर्शकको मनमा बस्न सफल नायिका जसिता गुरुङ यतिबेला आफ्नो तेश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । जसिताले यो विचमा विभिन्न चलचित्रमा काम गर्ने चर्चा नचलेका होइनन्, तर उनले रेनशा वान्तवा राइको निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्दैछिन् ।

तर, यो चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । जसिता मात्र होइन, नायक धिरज मगर पनि यही चलचित्रको छायांकनको प्रतिक्षामा छन् ।

गतबर्ष चैत्रमा रिलिज भएको चलचित्र ‘लभ स्टेशन’ असफल भएपछि जसितालाई अप्ठ्यारो त भएको छ । किनकी, पहिलो चलचित्रबाट बनेको उचाई दोश्रोमा अझै माथि जाने अपेक्षा उनको थियो, जुन पुरा हुन सकेन । तर, रेनशा वान्तवा राइको ब्यानरबाट आफूलाई फेरि बलियो बनाउने तयारी भने जसिताको छ ।

तर, जसिताको पर्खाई कहिलेसम्म ? रेनशाले निर्मात्री रेखा थापाको निर्माणमा बन्ने चलचित्र पनि साइन गरेकी छिन् । रेनशाका अनुसार, उनी पहिला चलचित्र ‘आई एम ट्वान्टी वान’को निर्देशन गर्दैछिन् ।

लामो समयसम्म दर्शकबाट टाढा हुँदा पनि दर्शकले विर्सने या नयाँ कलाकारले छायामा पारिदिने संभावना बढी हुन्छ । जसिताको यो बर्ष चलचित्र रिलिज नहुने त पक्का भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment