Comments Add Comment

कहाँ अड्कियो कविता मानन्धरको फिल्म ?

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन् । तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ ।

यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । दिपेशका अनुसार, चलचित्रको छायांकन सकिएको छ । उनले अनलाइनखबरसँग भने–‘हामीले वान लाइन सम्पादनको काम पनि सकेका छौ । अब, डबिङको काम सुरु हुन्छ ।’

चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नायिका करिश्मा मानन्धर, नायक शिव श्रेष्ठ, शिवका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका छ । यती धेरै कलाकारले काम गरेको चलचित्रमा राम्रै लगानी समेत भैसकेको छ ।

चलचित्रमा शक्ति र कविता जोडीको रुपमा देखिदैछन् । वुझिएअनुसार, चलचित्रको पहिलो भागमा कविता र शक्ति हाबी छन् । तर, चलचित्रलाई भने नायिका प्रियंका कार्कीले बोकेकी छिन् ।

नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गरेर कवितालाई मुख्य नायिकाको रुपमा काम गराउने भन्ने चर्चा पनि सेलाएको छ । यता, कविताले काम गरेको चलचित्र पनि पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यस्तो अवस्थामा, कविताको चलचित्र दर्शकले कहिले हेर्न पाउने हुन् भन्ने प्रश्न समेत उब्जिएको छ । तर, चलचित्रका निर्देशक सापकोटा भने चलचित्र रिलिज हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment