Comments Add Comment

महानगरीय प्रहरी कार्यालयले घुमुवा हटायो

१७ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुमुवा टोली हटाउने भएको छ ।

प्रहरी बरिष्ट उपरीक्षक (एसएसपी) को नेतृत्वमा रहेको १८ जनको घुमुवा टोली हटाएर उनीहरुलाई नियमित प्रहरीकै काममा खटाइने कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय अनुगमन र निर्देदेशन दिने युनिट भएकोले घुमुवालाई निरुत्साहित गरिएको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीका अन्य युनिटहरुमा भने अहिले पनि सादा पोशाकमा घुमुवा प्रहरी खटाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment