Comments Add Comment

नेपालमा अरु लिग खेल्ने विदेशी खेलाडीले ईपीएल खेल्न नपाउने !

१७ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को सन् २०२० को संस्करण चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी आयोजकले मिति परिवर्तनको जानकारी गराएको हो ।

यसअघि फागुन १७ देखि चैत १ सम्म आयोजना हुने तय गरिएको थियो ।

यस्तै आयोजकले विदेशी खेलाडीको लागि पनि नयाँ नियम ल्याएको छ । सन् २०१८ को ईपीएल र २०२० को ईपीएलको बीचको समयमा नेपालमा अन्य लिग खेलेका विदेशी खेलाडीले यस पटक ईपीएल खेल्न नपाउने भएका छन् । यस्तै ईपीएल खेल्न सम्बन्धित देशबाट एनओसी (नो अब्जेक्सन लेटर) पनि लिनुपर्ने व्यवस्था छ ।

ईपीएलमा प्रबन्ध  निर्देशक आमिर अख्तरले यस संस्करणको ईपीएलमा विश्वका उत्कृष्ट खेलाडी  आउने बताए । विदेशी खेलाडीको नयाँ नियमले ईपीएललाई अन्य लिग भन्दा फरक बनाउने उनको दावी छ ।

यस्तै नेपाली खेलाडीको रिलिज र ट्रेडमा पनि आयोजकले नयाँ नियम बनाएको छ । ईपीएल कमिटीले १८ खेलाडीलाई समूह ए मा राखेको छ । ईपीएल खेल्ने प्रत्येक टिमले समूह ए को खेलाडीलाई ट्रेडमा राख्न पाउनेछ । यस समूहमा राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडीहरु छन् । ईपीएल टेक्निकल कमिटीले पछिल्लो समय खेलाडीको प्रदर्शनको आधारमा समूह विभाजन गरेको जनाएको छ । नेपाली लिगमा पहिलो पटक ट्रेड लागू भएको प्रबन्ध निर्देशक अख्तरले बताए ।

समूह ए मा रहेको कुनै पनि खेलाडीलाई सहभागी फ्रेन्चाइजले जति रकम पनि अफर गर्न सक्नेछन् । यदि हाल उक्त खेलाडी रहेको टिमले त्यसमा सहमति जनाएमा खेलाडी बिक्री हुनेछन् ।

ट्रेडको लागि खेलाडीको न्यूनमत कबोल अंक २ लाख रुपैयाँ किएको छ । त्यो भन्दा माथिको रकममा खेलाडी बिक्री भए ६० प्रतिशत रकम खेलाडी र ४० प्रतिशत रकम फ्रेन्चाइज टिमलाई जाने आयोजकले जनाएको छ ।

खेलाडी ट्रेड स्वेच्छिक रहेको र हरेक फ्रेन्चाइजले बढीमा २ खेलाडी किन्न वा बेच्न पाउनेछन् । यस संस्करणमा किनेको खेलाडी यस संस्करणमा मात्र लागू हुनेछ । यस्तै खेलाडी किनबेच २०२० जनवरी २ देखि जनवरी ९ सम्म लागू हुनेछ । किनबेचमा खेलाडीको कुनै भूमिका नहुने पनि आयोजकले जनाएको छ ।

यो नियमले नेपाली खेलाडीले पनि धेरै रकम पाउने सक्ने प्रबन्ध निर्देशक अख्तरको भनाइ छ । यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरहादुर चन्दले ईपीएलले नेपाली क्रिकेट विकासमा सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment