Comments Add Comment

प्रहरी नायव निरीक्षक र जवानविरुद्ध भ्रष्टाचारको मुद्धा

१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

सर्लाहीको त्रिभुवननगर प्रहरी  चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र जवान यादवले भारतीय सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा वातावरण सहज गरिदिने भन्दै स्थानीयसँग उक्त रकम घुस लिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध बिहीबार मुद्धा दायर गरेको हो ।

घरासयी सामान ल्याउने क्रममा घुस नदिए लागूऔषध मुद्दा चलाउने धम्की दिँदै सेवाग्राहीलाई कुटपिटसमेत गरेको भन्ने सूचनाको आधारमा बर्दिवासबाट खटेको आयोगको टोलीले सिंह र यादवलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सिंह र यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको तथ्य प्रमाण फेला परेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबीसहित उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment