Comments Add Comment

सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा संकल्प प्रस्ताव

१७ पुस, काठमाडाें । भारतले गरेको सीमा अतिक्रमणको विषयमा बिहीवार राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईंको समर्थनमा दर्ता भएको प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न निर्देशन दिन आग्रह गरिएको छ ।

राष्ट्रियसभामा प्रस्ताव प्रस्तुत गर्दै नेकपा प्रमुख सचेतक भट्टराईले सार्वभौमसत्ता, स्वतन्त्रता क्षेत्रीय अखण्डता कुनै पनि देशका लागि निर्णायक र जीवन मरणको प्रश्न हुने बताए । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी त्यस्तै प्रश्न बनेको छ’ उनले भने ‘हामीले अर्को देशको माटो हाम्रो देशतिर फाल्न खोजेको होइन प्रमाण र उचित तर्कको आधारमा हाम्रो भूमि यो हो भन्न खोजेका हौं ।’

नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले अभूतपूर्व राष्ट्रिय एकता हुँदा पनि सरकारले उचित पहल गर्न नसकेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment