Comments Add Comment

अश्वगन्धाको धुलो किन बुढाबुढीलाई बाँड्दैछ सरकार ?

के छ अश्वगन्धाको महत्व ?

सरकार गम्भीर प्रकृतिका नसर्ने रोगहरुको लागि वाषिर्क २ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्न सक्छ । तर, रोगलाग्नै नदिने आयुर्वेदिक औषधिको लागि र सचेतनाको लागि अत्यधिक न्यून रुपमा पैसा खर्च गर्ने गरेको छ । धेरै ज्येष्ठ नागरिकहरुको लागि प्रभावकारी मानिएको अश्वगन्धा लगायतका जडिबुटीहरुको वितरणको लागि न्यून खर्च गर्ने गरेको छ ।

झण्डै ५ वर्षदेखि वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीबाट निरन्तर सेवा लिँदै आएकी भक्तपुरकी चिनी श्रेष्ठलाई नशा सम्बन्धी रोग त्यही आयुर्वेद केन्द्र धाउन थालेपछि निको भयो । बिस्तारै रोगको समाधान भएपछि उनी त्यो रोगप्रति लोभिइन् । उनले नियमित यो औषधि प्रयोग गरेको देखेपछि उनीसँगै पशुपति बृद्धाश्रममा बस्ने गरेका अरु आमाहरु पनि त्यो औषधालयमा धाउन थाले । अहिले त्यो औषधालयमा बृद्धाश्रमका बा-आमाहरुको त्यहाँ भीड लाग्ने गरेको छ ।

श्रेष्ठसँगै बस्ने आमाहरु कोही तनाव कम गर्न त कोही जोर्नीहरु दुखेको समस्या लिएर आयुर्वेद केन्द्रमा आउन थाले । तर, आयुर्वेद केन्द्रले जसोतसो दिएका केही औषधिहरुले उनीहरुलाई स्वस्थ बनाइरहेको औषधालयका अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका वरिष्ठ आयुर्वेद अधिकारी डा. बाबुराजा अमात्य ज्येष्ठ नागरिकहरुलाई दिइँदै आएको जडिबुटी बाँड्ने सम्बन्धी कार्यक्रम प्रभावकारी हुँदै गएको भन्दै त्यसमा बजेट थप गर्नुपर्ने बताउँछन् ।

औषधालयकी आयुर्वेदिक चिकित्सक डा. अञ्जु कार्की ११ वर्ष अघिदेखि यस्तो औषधिहरु निःशुल्क वितरण गर्न सुरु गरिएको भएपनि अहिलेसम्म यो सबैको पहुँचमा पुग्न नसकेको बताउँछिन्् । यो अभियान अहिलेपनि देशभरका सबै जिल्लाहरुमा जारी छ । तर, थोरै बजेट र प्रचारको अभावका कारण धेरैलाई यसबारेमा जानकारी नै नभएको उनी बताउँछिन् ।

अहिले अश्वगन्धाको धुलो, आमलक्की (अमलाका रसहरु) र महानारायण तेल आयुर्वेदिक औषधालयहरुबाट निःशुल्क वितरण गर्ने गरिएको छ । यसले नशालाई बलियो बनाउने, सजिलै निद्रा लाग्ने, मनमा अनेक कुराहरु खेल्नबाट रोक्ने गरेको चिकित्सक कार्कीले जानकारी दिइन् ।

कार्कीका अनुसार अहिले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई उमेरजन्य समस्याबाट जोगाउनको लागि यस्ता औषधिहरु दिने गरिएको छ । त्यही कारणले पनि ज्येष्ठ नागरिकहरु समेत यस औषधिहरुप्रति आकषिर्त हुने गरेको उनी बताउँछिन् । अहिले वाषिर्क ४/५ हजारको हाराहारीमा सेवाग्राहीहरुले सेवा लिने गरेका छन् । वागमती अञ्चल स्तरीय यस औषधालयको लागि मात्रै यो वर्ष २ लाखको हाराहारीमा बजेट छुटि्टएको छ ।

के छ अश्वगन्धाको महत्व ?

अश्वगन्धा एक प्रकारको बिरुवा हो । जसबाट धेरै आयुर्वेदिक औषधिहरू बनाइन्छन् र यो हजारौं वर्षदेखि प्रयोगमा आइरहेको एक किसिमको जडिबुटी हो । अश्वगन्धाको पात र जराको गन्ध घोडाको मुत्रको जस्तो देखिन्छ । जसका कारण पनि यसलाई अश्वगन्धा भनिएको हो ।

यो मानव स्वास्थ्यको लागि महत्वपूर्ण मानिन्छ । जसमा धेरै औषधीय गुणहरू हुन्छन् । जस्तै, शरीरमा रगतको मात्रा बढाउने, तौल घटाउने, पक्षघात रोक्ने आदि । अश्वगन्धा एक बलबर्द्धक रसायन पनि मानिन्छ । प्राचीन कालदेखि नै धेरै विद्वानहरुले यसको गुण र औषधीय तत्वको मुक्तकण्ठले प्रशंसा गर्ने गरेको पाइन्छ । यसलाई मानिसहरूले प्राचीन कालदेखि नै वीर्य बृद्धिको लागि उत्तम शाकाहारी भोजन मानिन्छ ।

यो हावा र कफमा देखिने विकारहरूको लागि मूल औषधिको रुपमा मानिन्छ । जस्तै खोकी, सास, अल्सर, गठिया आदि । यो व्यापक रूपमा वीर्य शक्ति बढाउन, शरीरमा मासु थप्न, स्तनमा दूध बढाउन, बच्चालाई बोसो बनाउन र गर्भाधारणको लागि प्रयोग गरिन्छ ।

महषिर् चरक अश्वगन्धलाई एक उत्कृष्ट शक्ति मान्छन् । सबै प्रकारको पुरानो रोगबाट ग्रस्त बिरामी र क्षयरोग आदिबाट पीडित बिरामीहरूका लागि उपयुक्त छ । यदि अश्वगन्धाको ३ देखि ६ ग्राम पाउडर एक महिनासम्म दुध, घिउ, तेल वा ताजा पानीको साथ सेवन गरिन्छ ।

यस जडिबुटीले शरीरमा रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको नियमित सेवनले तनाव पनि कम हुन्छ । यो जडिबुटीले मधुमेह कम गर्ने र कोलेस्ट्रोल कम गर्ने क्षमता पनि राख्छ । अश्वगन्धाले पेट सफा गर्न पनि मद्दत गर्छ ।

यसका बाहेक अश्वगन्धा दुधमा मिसाएर खाँदा एक चम्चा अश्वगन्धा पाउडर एक गिलास दुधमा करिब ४० दिनदेखि ४५ दिनसम्म थोरै शख्खर वा चिनीसँग मिलाएर खाँदा मानिसको कद बढ्ने गर्छ । अश्वगन्धाले मानिसको प्रजनन्लाई पनि सुधार्न मद्दत गर्छ । अश्वगन्धाले शरीरलाई उत्तेजित पार्छ, ताकि सम्पूर्ण शरीरमा आलस्य नहोस् र यौन कि्रयाको क्रममा थकान नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment