Comments Add Comment

कानको समस्या : अनावश्यक सरसफाई र एयरफोनको प्रयोग

अनेक कारणले कान दुख्न सक्छ । कानको संक्रमणले, कानभित्रको चोटपटकले, चर्को ध्वनीले । अनेक कारणले दुख्न सक्छ । अहिलेका तन्नेरी कानमा एयरफोन राखेर हिँड्छन्, यसले पनि कानमा असर गर्छ ।

कान शरीरको सबैभन्दा जटिल र महत्वपूर्ण अंग मध्ये एक हो । कानमा समस्या देखिएमा भने हामी कानै नसुन्ने हुन सक्छौं त्यसैले हामीले कानको धेरे नै सुरक्षा र ख्याल गनुपर्छ ।

केहीकेही कानमा समस्याहरुको कारण हामीलाई सहनै नसकिने गरि कानदुख्ने गर्छ । कानको दुखाई असहनिय हुन्छ र यसले मस्तिस्कको नशालाई पनि प्रभावित गर्न सक्छ जसले पछि कानको दुखाईको साथसाथै टाउको दुख्ने समस्या पनि आउन सक्छ ।

प्रायजसो हाम्रो आफ्नै गल्तीहरुका कारण हाम्रो कान दुख्ने गर्छ । कस्ता गल्तीहरुको कारण कान दुख्ने समस्या निम्तिन सक्छ भन्ने तपाईंलाई थाहा छैन भने यसबारेमा आउनुहोस् थाहा पाइराख्नुहोस् ।

यी हुन् कान दुख्ने समस्याका प्रमुख कारण

कानको सरसफाइ धेरै गर्नु

कानमा थोरै पनि कानेगुजी जम्मा भएमा तपाईं त्यसलाई तुरुन्त निकाल्नु हुन्छ र आफ्नो कान सँधै सफा राख्न चाहनुहुन्छ होला । फेरि पनि तपाईको कान प्राय दखिरहन्छ ?

यदि यस्तो हुन्छ भने कान दुख्ने कारण आवश्यकता भन्दा धेरै सफाई पनि हुन सक्छ । वास्तवमा कानेगुजी हाम्रो कानको सुरक्षाको लागि नै बनेको हुन्छ । कानमा बन्ने यो कानेगुजीले कानको लागि वाटरप्रुफ सिल्डको काम गर्छ ।

धेरै सफा गर्नाले कानको सुरक्षाको बनेको पत्र हट्छ र यसै कारण पानी वा अन्य संक्रामक ब्याक्टेरियाहरु कानमा पुग्छन् । यसैले कानको सफाइ त गर्नुहोस् तर, धेरै छिटोछिटो नगर्नुहोस् र धेरै गहिरोसम्म पुगेर पनि सफाई नगर्नुहोस् ।

कानमा संक्रमणको कारण

कानमा संक्रमणको समस्याले पनि कान दुख्न सक्छ । कानमा सजिलै तरलपदार्थ प्रवेश गर्न सक्छ र त्यसले कानलाई संक्रमित गरिदिन्छ । कानमा संक्रमणको कारण कानको सुन्ने क्षमता प्रभावित हुन्छ । यसैले जब कानमा पानी वा अन्य तरल पदार्थ पस्छन् कानलाई राम्रोसँग सफा गर्नुपर्छ ।

चोट लाग्नाले

यदि कानमा कुनै खालको चोट लाग्यो भने यसको कारण पनि सुन्ने क्षमता कम हुन्छ साथै कान दुख्छ । भयानक घटना जस्तै विष्फोट वा गाडी दुर्घटना भएर कानमा चोट लाग्न सक्छ । यस्तोमा कानमा अचानक तिव्र दुखाई हुन्छ र कानको पर्दामा प्वाल पर्न पनि सक्छ । यदि दुर्घटना पछि तपाईको कानमा तिव्र दुखाई हुन्छ र फेरि कानले सुन्न बन्द भएमा सम्झिनुहोस् तपाईंको कानको मध्य भागलाई नोक्सान पुगेको छ ।

ईयरफोनको धेरै प्रयोग

ईयरफोनको अधिक प्रयोग गर्नाले पनि कान दुख्ने समस्या देखिन्छ । यस्तै धेरै ठूलो आवाजमा ईयरफोन लगाएर सुन्नाले पछि बहिरोपनाको समस्या पनि हुन्छ ।

आजभोली युवायुवतीहरुले ईयरफोनको प्रयोग गर्ने चलन धेरै बढेको छ । ईयरफोनबाट निस्कने तिव्र ध्वनीले इयरड्रमलाई क्षति पुर्याएर त्यसलाई पातलो बनाइदिन्छ । ईयरफोनबाट निस्ने तिव्र ध्वनीको कारण कानका कोषहरु अस्थायी रुपमा क्षतिग्रस्त हुन्छ वा एक कानमा सुन्न बन्द हुन्छ । तर ईयरफोनको प्रयोग अत्यधिक धेरै गर्नाले बहिरोपनको कारण पनि बन्न सक्छ ।

कानको सफाई गर्दा ध्यानमा राख्नुहोस् यी कुराहरु

-कानमा तेल नहाल्नुहोस् किनभने यसले संक्रमण हुन सक्छ ।

-कानको सफाईको लागि कम मोटाईको पातलो चिम्टीको प्रयोग गर्नुहोस्  तर ध्यान दिनुहोस् कि यो कानको धेरे भित्र हाल्नुहुँदैन । यस्तै यसको दुवै टुप्पोमा कपास नर्बिसीकन लगाउनुहोस् अन्यथा यसले कानलाई क्षतिग्रस्त बनाउन सकिन्छ ।

-कान सफा गर्दा ईयरबडले पनि सफा नगर्नुहोस् यसले कानेगुजीलाई अझै भित्र धकेल्छ ।

-सडकमा हिँड्ने, स्टेशन वा कतै बसेर कान सफा गरिदिने मानिसहरुसँग कानको सफाइ बिल्कुलै नगराउनुहोस् । किनभने यो कानको संक्रमणको कारण पनि बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment