Comments Add Comment

पोखरा आसपासका क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

फाइल फोटो ।

१८ पुस, पोखरा । शुक्रबार बिहानैदेखि पोखरा र आसपासका क्षेत्रमा वर्षा र हिमपात भएपछि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेका कारण विद्यार्थी कठ्याङ्ग्रिंदै परीक्षा दिन बाध्य भए भने बजार क्षेत्रका अधिकांश पसल खुल्न सकेनन् ।

मौसम पूर्वानुमान शाखा पोखराका सुरेश खनालका अनुसार पोखरामा शुक्रबार दिनभर ३० मिलिमिटर पानी परेको जानकारी दिए । ‘पश्चिमी वायुका कारण पानी परेको हो । अझै केही दिन मौसम खुल्दैन । चिसो नै रहन्छ,’ उनले भने ।

पोखरा आसपासका क्षेत्रमा भारी हिउँ परेको छ । कास्कीको सिक्लेस, घान्द्रुक लगायतका ठाउँमा हिउँ परेकाले चिसो बढेको हो । ‘बस्तीसम्म त हिउँ आइपुगेन । तर, बस्तीमाथिसम्म हिउँ परेकाले चिसो बढेको छ,’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले भनिन् ।

पानी परेको र मौसम नखुलेका कारण पोखरा विमान उडानसमेत प्रभावित भएको छ । शुक्रबार पोखरा आउने र जाने कुनै पनि उडान हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment